२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

चितवनको भरतपुर महानगरपालिका र दाङको राप्ती गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

Logo
ABC-Sanchar प्रकाशित सोमबार, माघ १४, २०८१

 

चितवन । सोमबार एक औपचारिक कार्यक्रमका बिच महानगरपालिका प्रमुख रेनु दाहाल र गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भगिनी सम्बन्धका लागि हस्ताक्षर गरेका हुन् ।

अब दुई पालिकाबिच सहयोग आदानप्रदान हुनेछ । साथै दुई पालिकाबिच अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्ने अपेक्षा लिइएको छ । दुई स्थानीय तहका प्रमुखले ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जनाइएको छ ।

दुई स्थानीय तहको विकास र समन्वयका लागि दुई स्थानीय तह बिचमा औपचारिक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । दाङको राप्ती गाउँपालिका र भरतपुरबिच भगिनी सम्बन्ध स्थापित हुन एक ऐतिहासिक कार्य भएको प्रमुख दाहालको भनाई थियो ।

कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भरतपुरमा भएका असल अभ्यासको सिको गर्दै गाउँपालिकाको थप विकास र समृद्धिका लागि अघि बढ्ने बताए ।

सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र राप्ती गाउँपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्त्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार–प्रसार गरिने उल्लेख गरिएको छ ।

दुई स्थानीय तहमा उत्पादित मौलिक कृषि उपजहरूलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान, सीपको सिको गर्दै कृषकहरूलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने, उद्यमशीलतामा वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलताको विकास गर्ने, शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउन विद्यालयको अनुगमन तथा प्राविधिक शिक्षाको सञ्चालन, प्रवर्द्धन र विकास गर्ने लगायतका विषय समझदारी पत्रमा उल्लेख गरिएको छ ।

राप्ती गाउँपालिकाले बधिया भालेको बजारीकरणमा सहयोग गर्न भरतपुर महानगरलाई आग्रह समेत गरेको छ । गाउँपालिकाले बधिया भाले पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान पनि दिँदै आएको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]