२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लमही खानेपानीको सरकारी गाडीको चरम दुरुपयोग शव वाहानको रूपमा प्रयोग

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

ओमप्रकाश गुप्ता
लमही २४ मंसिर । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको गाडी शब बाहानको रुपमा प्रयोग भएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्य समितिका सदस्य ऋषिराज रावत क्षेत्रीको स्वर्गीय आमाको शब बोक्नको लागि उक्त गाडीको प्रयोग गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको बा ९ च ६४१६ नम्बरको टाटा कम्पनीको हापडालाको गाडीलाई संस्थाका कार्यसमितिका सचिव सनम पौडेलले कार्यसमितिकै सदस्य ऋषिराज रावत क्षेत्रीको आमाको शब बोक्नका लागि उक्त गाडी प्रयोग गरेका हुन् । सो गाडी मंगलवार बिहान बनगाउँ देखि राप्ती नदी सम्म प्रयोग गरिएको थियो ।
लमही नगरपालिका ३ बनगाउँ निबासी लमही खानेपानीका कार्य समितिका सदस्य ऋषिराज रावत क्षेत्रीको आमाको शब बोक्न उक्त गाडीको प्रयोग गरिएको हो । सार्बजनिक सम्पत्तीको दुरुपयोग गर्र्दै ब्यक्तीगत प्रयोजनको लागि संस्थाको गाडीलाई शब बाहनको रुपमा प्रयोग गरेको भन्दै उपभोक्ताहरुले असन्तुष्टी जनाएको छन् ।
सो बिषयमा लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरीले आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । भने संस्थाका सचिव पौडेलले भने संस्था भित्रकै कार्य समितिको सदस्यको आमा वितेको हुँदा प्रयोग गरिएको बताएका छन् । उनले संस्थामा यो नियम रहेकाले प्रयोग गरिएको प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]