२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नक्कली फेसबुक बनाएर अरुको चरित्र हत्या गर्नेलाई ५ वर्ष कैद,५० हजार रुपैयाँसम्म जरिवाना हुने

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ १५, २०८१

काठमाडौं । तपाईं आफ्नो वास्तविक परिचय लुकाएर बेनामी काम गर्दै हुनुहुन्छ भने अब सचेत रहनुहोस् किनकी अरूको नामबाट सामाजिक सञ्जाल चलाउँदै हुनुहुन्छ भने कानुनी कारबाहीको दायरमा आउन धेरै समय कुर्नुपर्ने छैन ।

सरकारले सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभामा मङ्गलवार सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ दर्ता गरेको छ । उक्त विधेयकले सामाजिक सञ्जाल प्रयोगमा नियमन गर्ने तयारी गरेको छ ।

विधेयकको परिच्छेद ५ मा विधेयकमा फेक आइडी‚ सञ्जालमा विभिन्न फेक समूह तथा अरूको नामको गलत प्रयोग गरेर सञ्जाल चलाए कारबाही भोग्नुपर्ने विधेयकको मस्यौदामा उल्लेख गरिएको छ ।

‘कसैले सामाजिक सञ्जालमा बेनामी वा छद्मभेषी (फेक आइडी, पेज, समूह) वा अरूको नामबाट पहिचान सिर्जना गर्ने, त्यस्तो बेनामी वा छद्मभेषी पहिचान मार्फत विषयवस्तु उत्पादन गरी पोस्ट वा सेयर गर्ने, अरूको विषयवस्तु सेयर गर्ने, कमेन्ट वा कल गर्ने कार्य गर्नु हुँदैन‚’ विधेयकको मस्यौदामा लेखिएको छ ।

दर्ता भएको उक्त विधेयकमा यसरी कानुन विपरीत काम गरे वा कसुर गर्नेलाई तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट रूपमा लेखिएको छ ।

विधेयक मस्यौदाको दफा २७ को उपदफा ३ मा कसैले प्लेटफर्ममा व्यक्तिगत वा सामूहिक रूपमा फेक ह्यान्डल, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आइडी खोली नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्न नहुने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]