२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुखको एसएसपी विश्व अधिकारीले मंगलबारदेखि जिम्मेवारी सम्हाले

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ १५, २०८१

 

काठमाडौं । मंगलबार अपराह्नबाट उनले जिल्ला प्रहरी परिसर, भद्रकालीको प्रमुखका रूपमा कार्यभार सम्हालेका हुन् । उनले जिम्मेवारी सम्हालेलगत्तै काठमाडौं प्रहरीको प्रवक्तामा अपिलराज बोहोरालाई जिम्मेवारी दिएका छन् ।

यसअघिका नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि डीएसपी पूर्णिमाकुमारी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । बोहोरा डीएसपी छँदा काठमाडौं प्रहरी अन्तर्गत रहेर काम गरिसकेका अधिकारी हुन् ।

काठमाडौं प्रहरीका निवर्तमान प्रमुख वसन्त रजौरेको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईको पनि सरुवा भएको छ । सम्भवतः शुक्रबारबाट नयाँ प्रमुख एसएसपी रमेश बस्नेतले जिम्मेवारी सम्हाल्ने एक अधिकृतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]