२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बिहीबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ १७, २०८१

मेष :-आजको दिन सामान्य रहनेछ। गोपनीयता भंग गर्दा घाटा हुन सक्छ, त्यसैले व्यक्तिगत कुराहरू गोप्य राख्नुहोस्। वैदेशिक रोजगारीमा सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ।

वृष :-साथीभाइको साथ मिल्नेछ। विपक्षी शान्त भएकाले सोचेको काम बन्नेछ। स्वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन्। परिवारसँग गोपनीयता खोल्दा धोका हुन सक्छ, त्यसैले विचार पुर्याउनुहोस्।

मिथुन :-साना कुराले ठूला झन्झट आउन सक्छन्। विपक्षीसँग कुरा गर्दा सचेत रहनुहोस्। साथीहरू विपक्षीको पक्षमा गएकाले जोगिएर काम गर्नुहोस्। विशेष काममा परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

कर्कट :-दिन राम्रो छ। शुभग्रहहरूको प्रभावले सोचेको राम्रो काम बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको सल्लाह र सुझावमा गरेको काम सफल हुनेछ।प्रेमसम्वन्ध सफल हुनेछ ।

सिंह :-साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरूपता नहुँदा परिवारमा खटपट हुन सक्छ। प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुन सक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या :-दाजुभाइसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। पेटसम्बन्धी समस्या हुन सक्छ, खानपानमा ध्यान दिनुहोस्। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

तुला :-दाजुभाइको सल्लाहमा काम गर्नु राम्रो हुनेछ। अनुत्पादक क्षेत्रमा धन खर्च हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ।

वृश्चिक :-सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। शिक्षामा जोश र जाँगर बढ्नेछ। परिवारले राम्रो साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु -उद्योगमा वा व्यवसायमा फाईदा हुनेछ फाइदा हुनेछ। साथीभाइको साथले व्यापारमा नाफा कमाउने दिन छ। खर्च कटौती गरेर अगाडि बढेमा दिन सहज हुनेछ। संयुक्त लगानीबाट नाफा हुनेछ।

मकर :-शुभग्रहहरूको प्रभावले वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो अवसर प्राप्त हुनेछ। वैवाहिक सम्बन्धको तयारीमा असल पात्र फेला पर्नेछन्। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त हुनेछ।

कुम्भ :- दिन शुभ फलदायक छ ।शनिदेव सकारात्मक भएकाले दिन सहज हुनेछ। बिहान उठेर शिवको भजन सुनेमा मन शान्त हुनेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन :-भाग्यस्थानमा चन्द्रमा पुगेका छन्। दैनिक कामलाई लामो समयसम्म सोचेर अगाडि बढाउनु राम्रो हुनेछ। तपाईंको मेहनतमा अरूले फाइदा उठाउने जोखिम छ। परिवारको सल्लाहमा अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

माधवा शर्मा ज्यौतिषाचार्य तथा वास्तु विद् ।सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर दाङ ।
फोन नं :- 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!