०८ भाद्र २०८२, आइतबार
24-08-2025 , Sun
×

बिहीबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ १७, २०८१

मेष :-आजको दिन सामान्य रहनेछ। गोपनीयता भंग गर्दा घाटा हुन सक्छ, त्यसैले व्यक्तिगत कुराहरू गोप्य राख्नुहोस्। वैदेशिक रोजगारीमा सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ।

वृष :-साथीभाइको साथ मिल्नेछ। विपक्षी शान्त भएकाले सोचेको काम बन्नेछ। स्वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन्। परिवारसँग गोपनीयता खोल्दा धोका हुन सक्छ, त्यसैले विचार पुर्याउनुहोस्।

मिथुन :-साना कुराले ठूला झन्झट आउन सक्छन्। विपक्षीसँग कुरा गर्दा सचेत रहनुहोस्। साथीहरू विपक्षीको पक्षमा गएकाले जोगिएर काम गर्नुहोस्। विशेष काममा परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

कर्कट :-दिन राम्रो छ। शुभग्रहहरूको प्रभावले सोचेको राम्रो काम बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको सल्लाह र सुझावमा गरेको काम सफल हुनेछ।प्रेमसम्वन्ध सफल हुनेछ ।

सिंह :-साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरूपता नहुँदा परिवारमा खटपट हुन सक्छ। प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुन सक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या :-दाजुभाइसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। पेटसम्बन्धी समस्या हुन सक्छ, खानपानमा ध्यान दिनुहोस्। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

तुला :-दाजुभाइको सल्लाहमा काम गर्नु राम्रो हुनेछ। अनुत्पादक क्षेत्रमा धन खर्च हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ।

वृश्चिक :-सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। शिक्षामा जोश र जाँगर बढ्नेछ। परिवारले राम्रो साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु -उद्योगमा वा व्यवसायमा फाईदा हुनेछ फाइदा हुनेछ। साथीभाइको साथले व्यापारमा नाफा कमाउने दिन छ। खर्च कटौती गरेर अगाडि बढेमा दिन सहज हुनेछ। संयुक्त लगानीबाट नाफा हुनेछ।

मकर :-शुभग्रहहरूको प्रभावले वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो अवसर प्राप्त हुनेछ। वैवाहिक सम्बन्धको तयारीमा असल पात्र फेला पर्नेछन्। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त हुनेछ।

कुम्भ :- दिन शुभ फलदायक छ ।शनिदेव सकारात्मक भएकाले दिन सहज हुनेछ। बिहान उठेर शिवको भजन सुनेमा मन शान्त हुनेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन :-भाग्यस्थानमा चन्द्रमा पुगेका छन्। दैनिक कामलाई लामो समयसम्म सोचेर अगाडि बढाउनु राम्रो हुनेछ। तपाईंको मेहनतमा अरूले फाइदा उठाउने जोखिम छ। परिवारको सल्लाहमा अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

माधवा शर्मा ज्यौतिषाचार्य तथा वास्तु विद् ।सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर दाङ ।
फोन नं :- 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

मेष उत्साह उच्च रहनेछ, तर हतारमा निर्णय नगर्नुहोस्। व्यापारमा नयाँ अवसर आउन सक्छ, सम्बन्धमा आत्मीयता बढ्नेछ। वृष परिवारमा सामञ्जस्य रहनेछ। आर्थिक लाभको योग छ, तर अनावश्यक खर्च पनि बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन सामाजिक कार्यमा सक्रिय भइनेछ। अध्ययन–अध्यापनमा मन जानेछ, तर मानसिक तनाव पनि हुनसक्छ। कर्कट आर्थिक क्षेत्रमा सुधार आउनेछ। घर–परिवारमा खुसी छाउनेछ। नयाँ […]

error: Content is protected !!