२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

दाङको गड्वामा एक घरमा बम विष्पोट पछि घरधनी पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

महेन्द्र सिंह
दाङ मङ्सिर २६ दाङ देउखुरी गढवा गाउँपनलिका वडा नम्बर २ स्थित घनश्याम चौधरीको घरमा बम बिष्पोट भएको छ । घरको पहिलो तल्लामा टिनको बाकसमा लुकाएर राखेको जीलेटिङ्ग बम विस्पोट भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक भरत सिंह राठोरले जानकारी दिएका छन ।
घरधनी चौधरीले सडकमा काम गर्ने क्रममा माछा मार्ने प्रयोजनको लागी जिलेटीङ्ग बम घरमा लुकाएर राखेको गडवा प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । बिष्पोट बाट दुई तल्ले घर पुर्ण रुपले क्षति भएको छ । भने मानविय क्षती नभएको गड्वा प्रहरीले सोधपुछ अनुसन्धानको लागी घरधनी चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको गडवा प्रहरी प्रमुख राठोरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।