२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अमेरिकाको फेलाडेल्फियामा फेरि अर्को जहाज दुर्घटना ६ जनाको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ १९, २०८१

 

काठमाडौं । पेन्सिल्भेनिया राज्यको फेलाडेल्फियामा शनिबार बिहान एक सानो विमान दुर्घटनामा परेको हो ।

फक्स न्यूजका अनुसार ६ जना मारिएका छन् । जसमा दुई चिकित्सक, दुई पाइलट, एक यात्रु र एक पारिवारका सदस्य रहेको बताइएको छ । फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार लियरजेड ५५ नामक यो विमान स्थानीय समयअनुसार साँझ ६ः३० बजे उडान भरेको ३० सेकेन्डमै ६.४ किलोमिटर टाढा दुर्घटनामा परेको हो ।

एएफपीका अनुसार विमान घरमाथि खसेको थियो । जहाँ आगो लागेको थियो । घनाबस्ती भएको क्षेत्रमा उक्त विमान खसेको हो । यसअघि गत बुधबारमात्रै वाशिङ्टन डीसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर आपसमा ठोक्किँदा सबै ६७ जनाको मृत्यु भएको अनुमान गरिएको छ । पोटोम्याक नदीमा खसेका जहाज र हेलिकप्टरबाट अहिलेसम्म ४० जनाको मात्र शव फेला परेको छ । स्थानीय सरकारले सबैको मृत्यु भएको अनुमान गरेको छ । जहाजमा चार चालक दलका सदस्यसँगै ६४ यात्रु तथा हेलिकप्टरमा ३ जना सवार थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]