२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

डिआईजी दानबहादुर कार्कीद्वारा विद्यालयको “४० औँ वार्षिकोत्सव समारोह २०८१” को उद्घाटन,

Logo
सागर थापा प्रकाशित सोमबार, माघ २१, २०८१

 

दाङ । घोराही ४०औँ वार्षिकोत्सव मुल समारोह कार्यक्रम तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख तथा विद्यालयका संरक्षक प्रहरी नायव महानिरीक्षक श्रीमान् दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको छ । सो कार्यक्रमको सभापतित्व तालुक लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल, रुपन्देहीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक श्रीमान् माधव प्रसाद श्रेष्ठज्यूले गर्नु भएको थियो भने प्राचार्य नुमलाल पाण्डेज्यूले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत तथा विद्यालयका समादेशक प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका करीब आठ सय जना अभिभावकहरुको उपस्थिति रहनुका साथै विद्यालयमा अध्ययनरत छात्र-छात्राहरुले विविध नृत्य तथा सांकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।सो अवसरमा वर्ष शिक्षक, वर्ष अभिभावक, वर्ष विद्यार्थी र वर्ष प्रहरी को उपाधि सहित सम्मान – पत्र प्रदान गरिएको थियो । साथै विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट छात्रवृति प्रदान गरि कार्यक्रम समाप्त भएको कार्यक्रमका केही झलकहरु!

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]