२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नवनिर्मित प्रहरी चौकी शिखरपुर (कानपुर) काभ्रेपलाञ्चोकको प्रशासनिक भवनको समुद्‍घाटन सम्पन्न”

Logo
सागर थापा प्रकाशित मंगलबार, माघ २२, २०८१

काठमाडौं । नेपाल सरकारको नियमित बजेटबाट निर्माण भएको नवनिर्मित प्रहरी चौकी शिखरपुर (कानपुर), काभ्रेपलाञ्चोकको भौतिक संरचनाको समुद्‍घाटन सम्पन्न भएको छ । आज मिति २०८१।१०।२१ गते आयोजित समुद्‍घाटन कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साथै उक्त कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुखज्यू, रोशी तथा तेमाल गाउँपालिकाका अध्यक्षज्यूहरु, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकका पदाधिकारीज्यूहरु, काभ्रेपलाञ्चोक जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, पूर्व प्रहरी कर्मचारीहरु, जिल्ला स्थित विभिन्न संघसंस्थामा आवद्ध प्रमुख एवं प्रतिनिधिज्यूहरु तथा प्रहरी कर्मचारीज्यूहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा, नवनिर्मित प्रहरी चौकी शिखरपुर (कानपुर), काभ्रेपलाञ्चोकको प्रशासनिक भवन निर्माणमा योगदान पुर्‍याउनु हुने निर्माण व्यवसायीहरूलाई कार्यक्रमका प्रमुख अतिथिज्यूबाट प्रशंसा पत्र प्रदान गर्नु भई धन्यवाद मन्तव्य राखी कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]