२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पत्रकार सन्तोष काफ्लेको आक्रमण प्रती मिडिया नेपालको गम्भीर ध्यानाकर्षण

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा न्युज 24 का टिभी पत्रकार सन्तोष काफ्ले माथी भएको आक्रमणको घटना प्रति मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ। कार्यक्रममा समाचार संकलन गर्न ढिलो पुगेको भन्दै निज काफ्ले माथी धरानमा आक्रमण भएको थियो।
सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता संघर्ष समितिका नरेश शाही र दिपक राई लगाएतको समुहले बिहिवार उनी माथी आक्रमण गरेको र निजको नाकमा गहिरो चोट लागेको जनाइएको छ।
पत्रकार काफ्लेको यो आक्रमणले पनि देशमा पत्रकारहरुको सुरक्षा माथी नै प्रश्न चिन्ह उठेको भन्दै मिडिया नेपालले प्रेस बिज्ञपति मार्फत सो घटना निन्दनीय रहेको बताएको छ। प्रेसको संबैधानिक अधिकारको सम्मान गर्दै निर्बाद र भयरहित काम गर्ने वातावरण सिर्जना गर्न घटनाका दोषीलाई तत्काल प्रकाउ घरी कानुनी कार्बाही गर्न प्रशासन सङ्ग आफुहरुको माग रहेको मिडिया नेपाल नम्बर प्रदेश कमिटीका अध्यक्ष बिजय कुमार राउतले बताएका छन। उनका अनुसार पत्रकार माथी आक्रमण हुनु भनेको देशमा प्रेसको सुरक्षा छैन भन्नू जस्तै भएकाले यस्तो घटनाको विरुद्धमा सबै लाग्नु पर्छ। उनी भन्छन “मिडिया नेपाल र मेरो ब्यतिगत तर्फबाट पनि यो घटनाको सहि सत्य बाहिर आओस र दोषीलाई कानुनी कार्बाही होस भन्ने माग राख्दछौ।” साथै उनले उपचाररत पत्रकार काफ्लेलाई शिघ्र स्वास्थ लाभको काममा समेत गरेका छन।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!