३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

पत्रकार सन्तोष काफ्लेको आक्रमण प्रती मिडिया नेपालको गम्भीर ध्यानाकर्षण

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा न्युज 24 का टिभी पत्रकार सन्तोष काफ्ले माथी भएको आक्रमणको घटना प्रति मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ। कार्यक्रममा समाचार संकलन गर्न ढिलो पुगेको भन्दै निज काफ्ले माथी धरानमा आक्रमण भएको थियो।
सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता संघर्ष समितिका नरेश शाही र दिपक राई लगाएतको समुहले बिहिवार उनी माथी आक्रमण गरेको र निजको नाकमा गहिरो चोट लागेको जनाइएको छ।
पत्रकार काफ्लेको यो आक्रमणले पनि देशमा पत्रकारहरुको सुरक्षा माथी नै प्रश्न चिन्ह उठेको भन्दै मिडिया नेपालले प्रेस बिज्ञपति मार्फत सो घटना निन्दनीय रहेको बताएको छ। प्रेसको संबैधानिक अधिकारको सम्मान गर्दै निर्बाद र भयरहित काम गर्ने वातावरण सिर्जना गर्न घटनाका दोषीलाई तत्काल प्रकाउ घरी कानुनी कार्बाही गर्न प्रशासन सङ्ग आफुहरुको माग रहेको मिडिया नेपाल नम्बर प्रदेश कमिटीका अध्यक्ष बिजय कुमार राउतले बताएका छन। उनका अनुसार पत्रकार माथी आक्रमण हुनु भनेको देशमा प्रेसको सुरक्षा छैन भन्नू जस्तै भएकाले यस्तो घटनाको विरुद्धमा सबै लाग्नु पर्छ। उनी भन्छन “मिडिया नेपाल र मेरो ब्यतिगत तर्फबाट पनि यो घटनाको सहि सत्य बाहिर आओस र दोषीलाई कानुनी कार्बाही होस भन्ने माग राख्दछौ।” साथै उनले उपचाररत पत्रकार काफ्लेलाई शिघ्र स्वास्थ लाभको काममा समेत गरेका छन।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]