१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर नेपाल भारत सिमानाका फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण २०, २०८२

बाँके। नेपालगन्ज जिल्लामा नेपाल-भारत सिमानाका नाकाहरू फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने भएको छ। यो निर्णय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर कडाइ गरिएको हो

जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचनामा भनिएको छ कि भारत जोड्ने नाकाहरूमा यातायातका साधन सञ्चालन तथा आवतजावतमा रोक लगाइएको छ।

तर, एम्बुलेन्स, ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सेवाका गाडी र कूटनीतिक नियोगका सवारी साधन भने सञ्चालन गर्न अनुमती दिइने छ । अहिले नेपाल भारत सिमानाका जमुनाहा भन्सार लगायत दसगजा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हैट्क्वाटर बागेश्वरी बाँकेले कडा सुरक्षा दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई महानिरीक्षक(आईजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीपी पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पौडेललाई सशस्त्र प्रहरी बलको आईजीपीमा बढुवा गर्ने निर्णय भएको जानकारी दिए ।

बर्दिया । भारतीय सीमा नाका हुँदै आउँदै गरेका बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी नगरपालिका लगायत विभिन्न ठाउॅबाट १३ जना लागुऔषधका कारोबारी र सेवनकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार दिउँसो र राति गरेको स्वीप अप्रेशनमा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

error: Content is protected !!