२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लुम्बिनी प्रदेशका डीआईजी दानबहादुर कार्कीद्वारा जिल्ला प्रहरी प्यूठानको निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ २४, २०८१

दाङ । प्युठान लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय प्यूठानको निरीक्षण भ्रमण गरेका छन् ।

मंगलबार डीआईजी कार्कीले प्यूठान प्रहरीको निरीक्षण भ्रमण गर्नुका साथै विभिन्न निर्देशनहरू दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख (डीएसपी) दीपेश बस्यालले बताए ।

डीआईजी कार्कीले प्यूठान प्रहरी अन्तर्गत सम्पूर्ण शाखा तथा कार्यालय परिसरको निरीक्षण गरेका छन् ।

डीआईजी कार्कीले प्रहरीको व्यवसायिकता, प्रहरीले जनतासँग गर्नुपर्ने व्यबहार, प्रहरी प्रतिबद्धता, अन्तर प्रहरी इकाई प्रतियोगिता २०८१ लगायतका विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको डीएसपी बस्यालले बताए ।

लुम्बिनी प्रदेश प्रहरीको जिम्मेवारी सम्हालेपछि डीआईजी कार्कीले मातहतका जिल्लाहरूको निरीक्षण भ्रमण गर्नुका साथै कार्यसम्पादनहरूका विषयमा जानकारी लिने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]