२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

शुक्रबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, माघ २५, २०८१

मेष : सुझबुझसँग गरेको लगानीबाट फाइदा हुनेछ । साथीभाइको साथले तपाईंका काम सहजै बन्नेछन् । राज्यको लगानीले सार्थकता पाउने छ । तपाईंको तर्क सफल बन्नेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो भने देखिन्छ ।

वृष : तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन खुशी रहनेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने समय छ । विपक्षीसँगको टकराब चुलिएर जानेछ । परिवारले भने साथ र सहयोग गर्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : एकल निर्णय गर्ने बानीले ठुलो घाटा हुनसक्ने जोखिम छ । निर्णायक शब्द सार्वजनिक गर्नु अगाडि तीन पल्ट सोच्नुपर्ने समय छ । अप्रिय खबरले मन अशान्त बन्नेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले सोचेका काम फटाफट हुनेछन् । दाम्पत्य सुख मिल्ने दिन छ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा हरेक काममा सफलता मिल्नेछ ।

सिंह : भाग्य स्थानमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ । माया मार्न लागको सम्पत्ति हात लाग्नेछ । अगाडि मिठो बोलेर पछाडि कुरा काट्ने साथीसँग सचेत बन्नु उचित हुनेछ ।

कन्या : दिन सहज छ । सानो कुरामा नअल्झिनु उचित हुनेछ । विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारमा एक्लो भएको महसुस हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

तुला : बौद्धिक क्षेत्रमा टकराब हुनेछ । हरेक निर्णयका लागि फराकिलो छाती पर्नुपर्ने समय छ । शिक्षामा गरेको प्रयासमा अवरोध देखिने जोखिम छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

वृश्चिक : सोचेको काम सफल बन्नेछ । बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनु उचित हुनेछ । कूटनीतिक ढंगले अगाडि बढ्नु राम्रो हुनेछ । परिवारसँग रमाइलो यात्राको अवसर मिल्नेछ ।

धनु : दिन सामान्य छ । मिल्ने साथीले धोका दिने जोखिम रहेको छ । घुमाउरो भाषा बुझ्न नसक्दा हरेक ठाउँमा अप्ठेरो परिस्थिति बन्नसक्छ । परिवारका तपाईंको प्रस्ताव अस्वीकृत हुँदा मनमा खटपटी बढ्नेछ ।

मकर : शनिदेव अनुकुल भएमा दिन सहज छ । साथीभाइले तपाईंलाई साथ दिनेछन् । राजनीतिक टकराबमा अडानलाई यथावत राख्नु उचित देखिन्छ । बौद्धिक क्षेत्रले तपाईंलाई साथ दिएको छ । स्वास्थ्यमा सुधारका साथ दिएका छन् । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।

कुम्भ : मध्य साढेसाती दशा चलिरहेकाले मनमा सानो कुराले झन्झट बढ्नेछ । आफ्नो कुरामात्र कार्यान्वयन हुनुपर्छ भन्ने बानीलाई केही हदसम्म छोड्नु उचित हुनेछ । अरुको प्रशंसा गर्दा आफ्नो ख्याल गर्न नझुल्नु राम्रो हुनेछ । धार्मिक क्षेत्रको झुकाबले दिन शान्त बन्नेछ ।

मीन : दिन सहज छ । सुरुवाती साढेसाती भए पनि शुभग्रहको बहुमत छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा सचेत भएर अगाडि बढ्नुपर्ने समय छ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । स्वास्थ्यले साथ दिनाले दिन अनुकुल बन्नेछ ।

सचिव :- नेपाल ज्यौतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्यौतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर दाङ ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]