२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सुदूरपश्चिम प्रदेशका डिआईजी चंन्दद्वारा जिल्लाका प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन,

Logo
सागर थापा प्रकाशित आइतबार, माघ २७, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले प्रदेश अन्तर्गत रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा कार्यरत जिल्ला ट्राफिक प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । सोही क्रममा उहाँले जिल्लाहरुको ट्राफिक व्यवस्थापनको अवस्था सम्बन्धमा जानकारी लिदै, ओभरलोड, भवरलोड, क्षमता भन्दा बढी यात्रु बोक्ने, प्राईभेट नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोक्ने, रुट पर्मिट बिना सवारी साधन चलाउने, नविकरण फेल भएका सवारी साधनहरु निर्वाध रुपमा चलाउने, क्षमता भन्दा बढी खनिजजन्य पदार्थको भार बोकी सडकमा पानी चुहाउदै गुड्ने जस्ता ट्राफिक नियम वितरितका क्रियाकलापहरु निरुत्साहित गरि सवारी दुर्घटना न्यूनिकरण गर्दै सडक सुरक्षाका लागि सरोकारवाला निकाय तथा नागरिक समाजसंग सहकार्य गरि प्रभावकारी रुपमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न, पुर्ण ब्यावसायिक तवरले ट्राफिक चेकजाँच गर्न, नागरिकलाई अनाबश्यक हैरानी नहुने गरि समन्वयात्मक, सहभागितामुलक र जनमुखी ट्राफिक व्यवस्थापनमा समर्पित रहि उच्च अनुशासनका साथ त्रुटीरहित ढंगबाट कार्य सम्पादन गर्न समेत निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]