२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

कमिसन थोरै भएपछी बाँकेका ट्राभल एजेन्सीहरुद्वारा श्रीएरलाइन्सको टिकट काट्न बन्द

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

महेन्द्र सिंह
बाँके मंसिर २९ नेपालगन्जका ट्राभल एजेन्सीहरुले श्री एरलाइन्सको टिकट काट्न बन्द गरेका छन् । सुरुवाती समयमा अन्य एरलाइन्स भन्दा राम्रो कमिशन दिएको श्रीले ‘पिकअप’ लिएपछि कमिशन घटाउँदा बाँकेका ट्राभल एजेन्सीहरु रुष्ट बनेका थिए ।
अन्य एरलाइन्ससंग मिलेर कमिशन घटाएको श्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएपनि सुनुवाई नभएपछि ट्राभल एजेन्सीहरुले गत विहीबारदेखि अनिश्चितकालका लागि टिकट काट्न बन्द गरेका हुन् । ‘श्रीको व्यवसाय प्रबद्र्धनमा हामीले सहयोगी भूमिका खेल्यौं, सुरुमा बुद्ध र यति भन्दा राम्रो कमिशन दिएपछि हामीले पनि सपोर्ट गरेको हो तर श्रीको व्यवस्थापन पक्ष अनुत्तरदायी हुँदै हामीलाई बेवास्ता गरेर दिँदै आएको कमिशन पनि घटाएपछि २६ मंसिरदेखि हामीले उसको टिकट काट्न बन्द गरेका छौं,’ नेपाल एशोसियसन अफ ट्राभल एण्ड टुर्स एजेन्ट्स (नाटा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भन्नुभयो ।
नाटाको प्रदेश र केन्द्रसंग समन्वय गरेर टिकट काट्न बन्द गरिएको बताउँदै अध्यक्ष सिग्देलले कसैले नाटाको निर्णय विपरित टिकट काटेको पाइए ५ हजार रुपैयाँ जरिवाना हुने बताउनुभयो । उहाँले यो आन्दोलन अन्य एअरलाइन्स विरुद्ध पनि भएको भन्दै अहिले यात्रुलाई मर्का नपरोस् भनेर ट्राभल एजेन्सीहरुप्रति पछिल्लो समय बढी अनुदार देखिएको श्रीको टिकट काट्न बन्द गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]