३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

कमिसन थोरै भएपछी बाँकेका ट्राभल एजेन्सीहरुद्वारा श्रीएरलाइन्सको टिकट काट्न बन्द

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

महेन्द्र सिंह
बाँके मंसिर २९ नेपालगन्जका ट्राभल एजेन्सीहरुले श्री एरलाइन्सको टिकट काट्न बन्द गरेका छन् । सुरुवाती समयमा अन्य एरलाइन्स भन्दा राम्रो कमिशन दिएको श्रीले ‘पिकअप’ लिएपछि कमिशन घटाउँदा बाँकेका ट्राभल एजेन्सीहरु रुष्ट बनेका थिए ।
अन्य एरलाइन्ससंग मिलेर कमिशन घटाएको श्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएपनि सुनुवाई नभएपछि ट्राभल एजेन्सीहरुले गत विहीबारदेखि अनिश्चितकालका लागि टिकट काट्न बन्द गरेका हुन् । ‘श्रीको व्यवसाय प्रबद्र्धनमा हामीले सहयोगी भूमिका खेल्यौं, सुरुमा बुद्ध र यति भन्दा राम्रो कमिशन दिएपछि हामीले पनि सपोर्ट गरेको हो तर श्रीको व्यवस्थापन पक्ष अनुत्तरदायी हुँदै हामीलाई बेवास्ता गरेर दिँदै आएको कमिशन पनि घटाएपछि २६ मंसिरदेखि हामीले उसको टिकट काट्न बन्द गरेका छौं,’ नेपाल एशोसियसन अफ ट्राभल एण्ड टुर्स एजेन्ट्स (नाटा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भन्नुभयो ।
नाटाको प्रदेश र केन्द्रसंग समन्वय गरेर टिकट काट्न बन्द गरिएको बताउँदै अध्यक्ष सिग्देलले कसैले नाटाको निर्णय विपरित टिकट काटेको पाइए ५ हजार रुपैयाँ जरिवाना हुने बताउनुभयो । उहाँले यो आन्दोलन अन्य एअरलाइन्स विरुद्ध पनि भएको भन्दै अहिले यात्रुलाई मर्का नपरोस् भनेर ट्राभल एजेन्सीहरुप्रति पछिल्लो समय बढी अनुदार देखिएको श्रीको टिकट काट्न बन्द गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!