२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बागमती प्रदेश प्रहरी तालिम केन्द्र सिन्धुलीको “४९ औं स्थापना दिवस कार्यक्रम भब्य सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

 

काठमाडौं । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको “४९ औं स्थापना दिवसको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. कृष्ण हरि शर्मा प्रमुख अतिथिको रुपमा पाल्नु भई पानसमा दिप प्रज्वलन गरी विधिवत रुपमा कार्यक्रको उद्घाटन गर्नुका साथै यस केन्द्र परिसर भित्र नव-निर्मित “TIME Park” को उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा यस केन्द्रबाट प्रकाशित प्रहरी जवान आधारभुत तालिम सहयोगी पुस्तिका विमोचन समेत गर्नु भएको थियो । वार्षिक उत्सवको अवसरमा यस केन्द्र र दुधौली नगरपालिका दुधौली सिन्धुलीको सहकार्यमा संचालित नगरस्तरिय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगीतामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यालय तथा सहभागी विध्यार्थीहरुलाई प्रशंसा-पत्र तथा नगद पुरस्कार, सहभागी विद्यालयहरुलाई प्रशंसा-पत्र, यस केन्द्र भित्र निर्माण भएको TIME Park मा निर्माण सामाग्री उपलव्ध गराउनु हुने महानुभावहरुलाई कदर-पत्र, उत्कृष्ठ कार्य गर्ने यस केन्द्रका प्रहरी कर्मचारीहरुलाई प्रशंसा-पत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गर्नुका साथै यस केन्द्रमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरु,प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नु भ`एको थियो ।


निर्देशनको क्रममा नयाँ -नयाँ चुनौतीसँग सामना गर्न सक्षम र व्यवसायिक एवं कर्तव्यनिष्ठ प्रहरी जनशक्तिको उत्पादनमा तालिम केन्द्र निरन्तर आगाडी बढ्नु पर्ने बताउनु भएको थियो भने यस केन्द्रका सह-समादेशक प्र.ना.उ. दिपेन्द्र पंजियार थारुज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो भने यस केन्द्रका समादेशक प्र.व.उ. प्रवीण पोखरेलज्यूले प्रमुख अतिथिज्यू र विशिष्ट अतिथि दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीज्यूलाई मायाको चिनो प्रदान गरी धन्यवाद ज्ञापन गर्नु भएको थियो,।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]