२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रौतहट अदालतमा १० रुपैयाँदेखि डेढ सयसम्म जरिवाना तिर्न नसकेर १३ जना फरार प्रतिवादी पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

 

रौतहट । अदालतको फैसला कार्यान्वयन अन्तर्गत सबैलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अदालतबाट कम्तीमा १० रुपैयाँदेखि डेढ सयसम्म जरिवानाको फैसला भएका भएका फरार १३ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

अदालतबाट विभिन्न मुद्दामा जरिवाना भइ फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रवक्ता दीपक कुमार रायले बताए । प्रहरीका अनुसार पक्राउ पर्ने फरार प्रतिवादीहरु कम्तीमा १० देखि लिएर डेढ सय जरिवान रकम नबुुझाउनेहरु मात्रै रहेका छन् ।

प्रहरीको टोलीले लालउती महतो, शान्ति देबी, जगरनाथ मुखिया, सन्तलाल मुखिया, अनिल मिश्र, शकुन्ती देबी, रामचन्द्र प्रसाद हजरा, हिमाकुमारी यादव, गर्भलाल प्रघा, सिया देबी यादव, रुनाकुमारी महतो, मन्जुदेबी सहनी र दिला देबीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु गाली बेइज्जती, अदालतको अवहेलना, लेनदेन, जालसाजी, नाता कायम किर्ते, सम्बन्ध विच्छेद र कुटपिट मुद्दाका प्रतिवादीहरु रहेका रौतहट प्रहरीले जनायो ।

पक्राउ परेकाहरुमाथि अदालतबाट १०, २०, २५, ५०, ७५ रुपैयाँदेखि लिएर बढीमा डेढ सय रुपैयाँ जरिवाना तिराउने फैसला भएको प्रहरीको विज्ञप्तिमा लेखिएको छ ।

अदालतबाट फैसला भएका उक्त रकमहरु नतिरेका कारणले सबैजनालाई पक्राउ गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीको विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]