२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

मकवानपुर एसपी विश्वराज खड्का तस्करीमा मुछिए एसपी खड्कामाथि छानबिन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण ०६, २०८१

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्का गोरु तस्करीमा मुछिएका छन्। प्रहरीमा सेटिङ मिलाएर गोरु तस्करी भएको घटना बाहिरिएको छ । तर, तल्लो तहका प्रहरीलाई कारबाही गरेर उनलाई जोगाउने खेल सुरु भएको छ ।

हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे प्रहरी चौकीकै मिलेमतोमा पास भएको गोरु बोकेको ट्रक पथलैयामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला पशु सेवा कार्यालय मकवानपुरले सो ट्रक नियन्त्रणमा लिन प्रहरीलाई खबर गर्दा पनि पास भए पछि यसमा प्रहरीको संगठित मिलेमतो प्रष्ट भएको हो ।

तर, रातोमाटे चौीका सई कुमार फुँयालसहित तीन प्रहरीलाई हटाएर घटना मिलाउने प्रयास भइरहेको छ । चौकी इन्चार्ज फुँयालसहित प्रहरी सहायक हवल्दार विपिन कुशवाहा र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको छ ।

बा प्र०३–००१ ख १४२४ नम्बरको सो ट्रक चितवनबाट हेटौंडा हुँदै पथलैया जान लागेको हो । त्यहाँबाट झापा हुँदै भारतबाट बंगलादेश लैजाने तयारी रहेको प्रारम्भिक छानविनमा खुलेको छ।

यो घटनाले तराईका जिल्लाहरुमा संगठित रुपमा हाल गोरु तस्करी भइरहेको प्रष्ट भएको छ ।

मकवानपुरमा भने चरेश समेत प्रहरी मिलेमतोमा तस्करी भइरहेको उजुरी प्रहरी प्रधान कार्यालयमा पुगेको छ । मकवानपुरका एसपी खड्का विगतमा विभिन्न काण्डमा कारबाही भोगेका अधिकृत हुन्।

डिएसपी हुँदा गजुरीमा तथा एसपीमा धनुषाबाट कारबाही गरेर उनलाई हटाइएको थियो।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी प्रमुख डिआईजी कृष्णहरी शर्माले
एसपी खड्कामाथि छानविन भइरहेको बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

error: Content is protected !!