२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बुधबार तपाईहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, फाल्गुण ०७, २०८१

मेष :-आजको दिनमा तपाईंको मन प्रसन्न रहनेछ। विपक्षीहरूलाई परास्त गर्न सफल हुनुहुनेछ। अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्छ। साथीभाइको सहयोग प्राप्त हुनेछ र पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

वृष :-मन अशान्त रहन सक्छ र पढाइमा मन नजाँदा निराशा बढ्न सक्छ। बौद्धिक व्यक्तिहरूसँग सल्लाह लिएर अघि बढ्दा फाइदा हुनेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ।

मिथुन :-साना कुरामा निराशा बढ्न सक्छ। मनमा भएका असन्तुष्टि साथीभाइसँग बाँड्दा मन शान्त हुनेछ। पारिवारिक विवादबाट टाढा रहनुहोस्।

कर्कट :-बोल्दा विचार पुर्याउनुहोस्। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा साथीभाइको सहयोग प्राप्त हुनेछ। लामो दूरीको यात्रा सम्भावना छ।

सिंह :-साना कुरामा अल्झिनु भन्दा महत्त्वपूर्ण काममा ध्यान दिनुहोस्। मनमा खटपट भए पनि महत्त्वपूर्ण कामहरू सम्पन्न हुनेछन्।

कन्या :-धनलक्ष्मीको योग छ, यसलाई सदुपयोग गर्नुहोस्। साथीभाइको सहयोगले फाइदा हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ र दाम्पत्य जीवन सफल रहनेछ।

तुला :-अनुत्पादक क्षेत्रमा खर्च बढ्न सक्छ, जसले पारिवारिक विवाद निम्त्याउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। परोपकारमा समय र धन खर्च हुन सक्छ।

वृश्चिक :-परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। साना कुरामा अल्झिनु भन्दा महत्त्वपूर्ण काममा ध्यान दिनुहोस्। पारिवारिक सहयोग प्राप्त हुनेछ र प्रेम सम्बन्ध सुमधुर रहनेछ।

धनु :-सोचेका कामहरू सम्पन्न हुनेछन्। साथीभाइ र सहकर्मीहरूको सहयोगले योजनाहरू सफल हुनेछन्। राज्यका उच्च व्यक्तिहरूबाट हौसला प्राप्त हुनेछ।

मकर :-व्यवसायमा सोचेको जस्तो आम्दानी नहुन सक्छ। राज्यका उच्च तहबाट भय र त्रास बढ्न सक्छ। दान गरेर दिनको सुरुवात गर्दा दैनिकी सहज हुनेछ।

कुम्भ :-स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। एकल लगानीमा घाटा हुन सक्छ, संयुक्त लगानीमा फाइदा हुनेछ। बिहान शिवको भजन सुनेर दिनको सुरुवात गर्दा दैनिकी सहज हुनेछ।

मीन :-दुई पाङ्ग्रे सवारी साधनमा पश्चिमतर्फ लामो यात्रा नगर्नुहोस्। स्वास्थ्य समस्याहरू समाधान हुनेछन्।

ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।सचिव- नेपाल ज्योतिष परिषद् लुम्बिनि प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसिपुर क लाईन जेसिस चोक दाङ ।
फोन नं – 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

error: Content is protected !!