२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बाँके जिल्ला ट्राफिक प्रहरीले ६ महिनामा १ करोड ६३ लाखभन्दा बढी राजश्व संकलन दुर्घटनामा कमि

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण ०७, २०८१

बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८१÷८२ मा सात महिनाको अवधीमा १ करोड ६३ लाखभन्दा बढी रकम राजश्व संकलन गरेको छ । कार्यालयले विभिन्न सवारीबाट जम्मा १ करोड ६३ लाख ९६ हजार ५ सय रकम कारवाही राजश्व संकलन गरेको हो ।

जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरिक्षक पुस्कर पन्तका अनुसार सवारी कारवाही र अन्य विविध कारवाही अन्तर्गत उक्त रकम संकलन गरिएको हो ।
गत श्रावण महिनामा मात्रै जिल्ला ट्राफिक कार्यालयाद्वारा ट्रक, बस, जिप कार, ट्याक्टर, मोटर साइकल र टेम्पोबाट गरि २१ लाख ४६ हजार रकम राजश्व संकलन भएको छ । यस्तै भदौ महिनामा १८ लाख ८३ हजार, असोज महिनामा २४ लाख चार हजार ५ सय, कार्तिक महिनामा २४ लाख ३१ हजार, मंसिर महिनामा २५ लाख १२ हजार, पुष महिनामा २४ लाख ७५ हजार र माघ महिनामा २५ लाख ४५ हजार रकम राजश्व संकलन गरिएको ट्राफिक प्रमुख पन्तले जानकारी दिनुभयो । गत सात महिनामा १९ हजार ८ सय ६७ सवारी कारवाही गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आईरहेको छ । दुर्घटना न्युनीकरण गर्न १२ सय ५ पटक कार्यक्रमहरु संचालन गरिएको थियो । सोबाट हालसम्म करिब ५३ हजार बढि नागरिक तथा सवारी चालकलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराएको पनि उहाँले जानकारी दिनुभयो । साथै उहाँले दुर्घटना न्यूनिकरणको लागि जिल्लाभित्र बिभिन्न ४३ भन्दा बढी स्थानहरुमा सचेतना बोर्डहरु लगाँउदै आएको बताउनुभयो ।

यस्तै चालु आर्थिक वर्षको माघ महिनासम्म १ सय ९२ वटा सवारी दुर्घटनाभएका छन् । सवारी दुर्घटनाबाट ४७ जनाको मृत्यु भएकोे छ भने ५७ जना गम्भिर घाईते र २ सय ५३ जना सामान्य घाईते भएका छन् । सोही अवधीमा १५ छाडा चौपायाको मृत्यु भएको छ भने ६ वटा चौपाया घाईते भएका छन् । उक्त दुर्घटनामा दुई सय ९१ सवारीको संलग्नता रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

error: Content is protected !!