२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

भाबी आईजिपीको दाबेदारहरु को,को छ्न गिरी थापा र तामाङ पनि आईजिपीको दाैडमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण ०७, २०८१

काठमाडौं । प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर ५ चैतमा अनिवार् अवकाश पाउदैछन् ।

कुँवर अनिवार्य अवकाश पाउने भएपछि नेपाल प्रहरीकाे भावी नेतृत्वमा काे आउँछ ? भन्ने चासाे बढेकाे छ ।

प्रहरी संगठनकाे नेतृत्वका लागि अहिलेका एआईजी सुदिप गिरी पनि दाबेदार छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत गिरीसँगै दीपक थापा र टेकबहादुर तामाङ पनि आईजीपीकाे दाैडमा छन् ।

संगठनकाे नेतृत्वका लागि उनीहरूबीच संघर्ष चलिरहेको छ । एआईजी थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र तामाङ अपराध अनुसन्धान विभागमा कार्यरत छन् ।

उनीहरु मध्ये कतिपयले गिरीलाई भावी आईजीपीका रुपमा हेर्न थालेका छन् । प्रहरी संगठनभित्र कुशल कार्यक्षमता भएकाे अफिसरकाे छवि बनाएका गिरी राजनीतिक रूपमा समेत सबै दलसँग राम्रो सम्बन्ध रहेका व्यक्ति हुन् । त्यसैले पनि गिरीकाे सम्भावना बलियाे रहेकाे सुरक्षा स्रोतकाे दाबी छ ।

यस्तो छ गिरीकाे प्रोफाइल
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका गिरी प्रहरी निरीक्षकको ११० औं ब्याचका अलराउन्डर अफिसर हुन् । उनी उक्त ब्याचकाे टपर थिए ।
कानुन विषयमा एलएलएमसम्मकाे अध्ययन पूरा गरेका गिरी बाैद्विक ईमानदार, मिलनसार एवं सालिन अफिसरका रुपमा संगठन भित्र परिचित छन् ।

प्रहरी उपरीक्षक(एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) हुँदा कालिमाटी वृत्त, जिल्ला प्रहरी कार्यालय रसुवा, पर्सा, कैलाली, काठमाण्डौं परिसरमा ईन्चार्जको रुपमा काम गरेका थिए भने उनले नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे सीआईबीमा समेत काम गरिसकेका छन् ।

२५ भन्दा बढि राष्ट्रीय तथा अन्तराष्ट्रिय तालिम लिइसकेका गिरी ईन्टलिजेन्स अनुसन्धानमा राम्रो खुबी भएका व्यक्ति हुन् भने अपरेशनल कमाण्डको पनि कुशल नेतृत्वकर्ता मानिन्छन् ।

प्रहरी निरीक्षकदेखि डीआईजी हुँदासम्म विशेष ब्युराेमा १३ वर्ष काम गरेकाे अनुभव उनीसँग छ ।
प्रहरी मुख्यालय (हेडक्वाटर)ले दिएका विभिन्न प्रकारका गोप्य तथा महत्वपूर्ण कारवाहीको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

राेचक कुरा के छ भने, हेडक्वाटरले विभिन्न समयमा कुनै अफिसरलाई कारवाही गरेपछि रिप्लेस पोष्टीङ गर्दा पहिलाे राेजाइमा गिरी नै पर्ने गरेका थिए ।

उनी हालसम्म विभिन्न ४ वटा युएन मिसनमा सहभागी भइसकेका छन् । प्रहरीमा निर्विवादीत छवि बनाएका उनी स्वच्छ र इमानदार अफिसरका रूपमा चिनिन्छन् ।

एआईजीमा पदस्थापन भएकाे झण्डै १३ महिनासम्म प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा थिए ।याे विभाग प्रायजसाे निष्क्रिय रहेको विभाग हाे । यहाँ प्राय अवकास हुने एआईजीकाे पदस्थापन गरिन्छ तर गिरी भने १३ महिनाजति साेही विभागमा रहे ।

उनले त्यसका लागि कतै पनि धाउने काम गरेनन् । साेही कारण पनि उनी कुनै राजनीतिक दलसँग निकट नभएको कुरा पुष्टि गर्छ ।

कतिपयले संगठनलाई भन्दा राजनीतिक दलसँग निकट सम्बन्ध बनाएर लाभ लिन्छन् ।

तर गिरीकाे भने संगठन र राजनीतिक दलकाे नेतृत्वसँग सुमधुर सम्बन्ध रहेकाे छ। साेही कारण पनि उनी आईजीपीकाे बलियो दाबेदारका रूपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

error: Content is protected !!