२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके प्रहरीले ठुलो मात्रामा लागुऔषध ब्राउनसुगरसहित एक भारतिय पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण ०७, २०८१

 

बाँके । नेपालगन्ज वडा प्रहरी कार्यालय नेपालगन्ज र केन्द्रिय लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले तीन सय ५१ ग्राम ब्राउनसुगरसहित बहराइच नानपाराका ३१ वर्षीय बिशाल अहमदलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

उनले विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बम र केन्द्रिय लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बुधवार दिउँसो ४ वजेर ५५ मिनेटमा लागु औषध सहित अहमदलाई पक्राउ गरेको बताए । उक्त ब्राउनसुगरको मुल्य नेपाली बजारमा करिव दुई करोड रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका २१ स्थित महाराज स्कुल नजिक मोटरसाइकल राखेर उभिरहेका अहमदले समातेको कालो प्लाष्टिकमा उक्त लागु औषध बरामद भएको एसपी कार्कीले बताए । उनको साथबाट यूपी ३२ एमएस २६१८ नम्बरको मोटरसाइकल र सात हजार पाँच सय रुपैयाँ समेत बरामद भएको एसपी कार्कीले जानकारी दिए ।

बाँकेमा बढ्दै गएको लागु औषध ओसार पसार र प्रयोगलाई न्यूनिकरण गर्न बाँके प्रहरीले विशेष अभियान थालेको छ । नेपालगन्ज नाका र विभिन्न नाकामा प्रहरी परिचालन गरि लागु औषध नियन्त्रणका लागि अभियान थालेको उनले बताए । ‘लागु औषध न्यूनिकरण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘अभियान अन्तरगत एकैदिन तीन सय ५१ ग््राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुबाट सूचना लिएर थप प्रयोगकर्ता र ओसार पसारमा संलग्नलाई पक्राउ गर्ने नीति प्रहरीको छ ।’
विशाल विगत लामो समयदेखि नेपालगन्ज क्षेत्रमा लागु औषध विक्रि र सेवन गर्दै आएको बाँके प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘पक्राउ परेका विशाल प्रहरीको खोजीको सूचीमा थिए,’ उनले भने, ‘उनलाई खोज्न सुराकी परिचालन गरेका थियौँ । फलस्वरुप भारी परिमाणको लागु औषधसहित उनलाई पक्राउ गर्न सफल भएका छौँ ।’

एसपी कार्कीले लागु औषध नियन्त्रण गर्न अझ सशक्त भएर लाग्ने बताए । ‘लागु औषधले बाँके जिल्लालाई मात्र नभई सिंगो देशलाई असर गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]