२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पाथीभरा केबलकार निर्माण विवाद झन झन चर्किदै आन्दोलनरत पक्षलाई वार्तामा आउन गृह मन्त्रालयको अपिल,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ०९, २०८१

पाथीभरा केबलकार निर्माण विवाद झन झन चर्किदै आन्दोलनरत पक्षलाई वार्तामा आउन गृह मन्त्रालयको अपिल

 

काठमाडौँ । सरकारी वार्ता समितिले मुक्कुमलुङ पाथीभरा केबलकारको विषयमा आन्दोलन गरिरहेका समूहलाई वार्तामा आउन अपिल गरेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न भन्दै वार्तामा आउन अपिल गरेको हो।

गृह मन्त्रालयद्धारा गठित सहसचिव स्तरीय वार्ता टोली पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न  समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ता र संवाद गर्न सदैव तयार रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनको लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]