२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पाथीभरा क्षेत्रमा समाचार सम्प्रेषण सम्बन्धमा भइरहेको टीकाटिप्पणी प्रति पत्रकार महासंघ ध्यानाकर्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण १०, २०८१

 

ताप्लेजुङ । स्थित पाथीभरा (मुक्कुम्लुङ) केबलकार परियोजना र नो केबलकार समूहबिच भइरहेको पछिल्लो घटनाक्रमको समाचार सम्प्रेषण सम्बन्धमा भइरहेको टीकाटिप्पणीप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको निर्बाध उपभोग गर्न पाउने पत्रकारको अधिकारको सम्मान गर्नु हरेक पक्षको दायित्व भएको महासंघले स्मरण गराएको हो । ‘कुनै पनि पक्षबाट यो या त्यो बहानामा पत्रकारमाथि दुर्व्यवहार गर्ने र अनावश्यक दबाब दिनेजस्ता हर्कत हुनु स्वतन्त्रता र व्यावसायिक पत्रकारितामाथिको हस्तक्षेप हो । महासंघ यस्ता हर्कतप्रति खेद व्यक्त गर्दछ,’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस किसिमका घटना दोहोरिन नदिनेतर्फ गम्भीर हुन, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई सहज रूपमा समाचार संकलन तथा सम्प्रेषणको वातावरण मिलाउन महासंघले ध्यानाकर्षण गराएको छ ।

व्यावसायिक पत्रकारिताका लागि पत्रकार आचारसंहिता महत्त्वपूर्ण  आधार भएको बताउँदै महासंघले यो घटनाका सन्दर्भमा पत्रकार आचारसंहिताको दायरामा रहेर पत्रकारिताको पेसागत मर्यादा कायम राख्दै तथ्यपरक, निष्पक्ष एवं मर्यादित भई समाचार एवं सूचना प्रवाहका लागि महासंघ सम्बन्धित सबै सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई आग्रह पनि गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘समाचार बनाउँदा विषयवस्तुलाई अतिरञ्जित नगरी पत्रकारिताको मूल्यमान्यता पालना गर्न आह्वान गरिन्छ । महासंघ सुरक्षाको ख्याल गर्दै आफ्नो पेसागत धर्म निर्वाह गर्न सम्पूर्ण सञ्चारकर्मीहरूलाई आग्रह पनि गर्दछ ।’

साथै, महासंघले केबलकार परियोजना र नो केबलकार समूहबिच उत्पन्न विवादलाई वार्ता, छलफल र समझदारीका माध्यमबाट समाधान खोज्न सम्बद्ध पक्ष समक्ष आग्रह गर्दै यसतर्फ प्रेरित गराउन सञ्चारकर्मीहरूलाई अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]