२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लाज शरणमलाई प्रदर्शन गर्न अनुमति पायो यहीँ फागुन १४ गते देशभर रिलिज हुने,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति दिएको छ । बोर्ड अध्यक्ष गजेन्द्र ठाकुरले आइतबार बिहान फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेका छन् ।

बोर्डले फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२ सेकेन्ड तय गरेको छ । समिति सदस्य ऋषिराज आचार्यले केही दृश्य सच्याउँदै फिल्मलाई प्रदर्शन अनुमति दिइएको बताए ।

फिल्म निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले फागुन १४ मा रिलिजका लागि बाटो खुलेको बताए ।

सेन्सर बोर्ड अध्यक्ष ठाकुरले पाटन उच्च अदालतले अहिलेसम्म आफूहरूलाई निर्णयबारेको जानकारी नमागेको तर मागेको खण्डमा कानुनअनुसार दिने बताए ।

पाटन उच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद आचार्यले सेन्सर बोर्ड मुद्दामा विपक्षी नभएकाले अदालतलाई यसबारे जानकारी दिइरहनु नपर्ने बताए ।

गतसाता पूर्वमन्त्री अफ्ताव आलमले फिल्मको चरित्र चित्रणमा आपत्ति जनाउँदै रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै अदालतले सेन्सर अघि फिल्मको प्रचारप्रसारमा रोक लगाएको थियो । सेन्सर बोर्डको निर्णयसँगै प्रचारप्रसारको बाटो खुलेको छ ।

कुमार कट्टेल निर्देशित फिल्म शिवरात्री अवसरमा फागुन १४ मा प्रदर्शन तयारीमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]