२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

एआईजी तामाङद्वारा काठमाडौं उपत्यका प्रहरी प्रमुखहरुलाई शान्ति सुरक्षा,अपराध नियन्त्रण गर्न निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण १२, २०८१

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका विभिन्न ईकाइमा प्रमुखको रुपमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंको सभा हलमा उपस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी परिसरहरु, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय,प्रहरी वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले नेपाल प्रहरीको मुख्य जिम्मेवारी नै शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान भएकाले कुनै पनि अपराध घटिसकेपछि घटना स्थलको संरक्षण, घटना स्थल क्षेत्रको सुरक्षा तथा सवुदको संरक्षण सम्बन्धी ज्ञान हरेक प्रहरी कर्मचारीमा हुनु पर्नेमा जोड दिदै अपराध नियन्त्रण र अनुसन्धान कार्यमा खटिने प्रहरी कर्मचारीले फौजदारी अपराध संहिता तथा कार्यविधी संहिताको अध्ययन अपरिहार्य रहेको बताउदै काठमाडौं उपत्यकाका तीन जिल्लामा अपराधको चाप ज्यादा हुने हुँदा प्रहरी कार्य बढि संवेदनशिल र चुनौतीपूर्ण रहेको हुँदा यहाँ कार्यरत प्रहरी कर्मचारीहरु थप जिम्मेवार भई उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो ।

साथै आफ्नो तालुक कार्यालयबाट आएका परिपत्रहरु अत्यन्त विचार पुर्याएर गरिएको हुनाले त्यसलाई पालना गर्नु हरेक मातहत कार्यालयको दायित्व हुने बताउदै आगामी दिनहरुमा समेत थप समय सापेक्ष रुपले कार्य सम्पादन गर्न निर्देशन दिनु भयो ।

सोही क्रममा महाशिवरात्रीको समयमा हुने शिवरात्री मेलाको ड्यूटिको क्रममा प्रहरी कर्मचारीबाट हुन सक्ने कमि कमजोरीहरु तथा विगतको समयमा प्रहरी कर्मचारीले भोगेका समस्याहरुलाई औल्याउदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरमा लाग्ने शिवरात्री मेलाको सुरक्षामा खटिने प्रहरी कर्मचारीहरुले मेलाको क्रममा हुनसक्ने सुरक्षा चुनौतीहरुलाई निष्तेज गर्न सम्बन्धित कमाण्डरले आफ्नो टोलीलाई जिम्मेवारीका सम्बन्धमा सम्झाई-बुझाई गर्नुका साथै मातहतका कर्मचारीसंग समन्वय र सहकार्य गर्दै स्वतन्त्र,निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै मेलाको समयमा घट्न सक्ने अपराधको कारक तत्व मुल्याङ्कन गरी सोही अनुरुपको सुरक्षा योजना निर्माण गरी हरेक नागरीकको मानव अधिकार कायम गरी, नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै प्रविधि र प्रहरीको प्रभावकारी परिचालन मार्फत शिवरात्री मेला सम्पन्न बनाउन समेत निर्देशन दिनु भयो ।

कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद धिमिरे, जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेत, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अघिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, प्रहरी उपरीक्षकहरु, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!