२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरीलाई योजनाबद्ध तरिकाले फसाए दुर्व्यवहारसँगै हातपात गरेको आरोपमा पिन्टु साह पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, फाल्गुण १६, २०८१

 

झापा । काँकडभिट्टा नाकाबाट वारिपारिको काम गर्ने बिर्तामोड नगरपालिका-५ स्थित कृषिथोक बस्ने पिन्टु साह पक्राउ परेका हुन्।
सशस्त्रलाई दुर्व्यवहारसँगै हातपात गरेको उजुरीको आधारमा साहलाई बुधबार इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो। साह अहिले काँकडभिट्टाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए। ‘अहिलेसम्म साहविरुद्ध अदालतमा म्याद थप भएको छैन। अनुसन्धान भइरहेको छ,’ डीएसपी खड्काले भने, ‘म्याद थप भएपछि कारबाही प्रक्रिया अघि बढ्छौं।’ साहलाई प्रहरीले पक्राउ गरेसँगै उनलाई छुट्टाउन तस्कर समूहका गिरोह लागि परेका छन् । ती समूहले सत्तामा भएका पार्टीको नेतालाई भनसुन गर्न थालिसकेका छन् ।
घटना विवरण सोमबार बिहान करिब ८ बजेको समयमा मेचीनगर-७ स्थित सतिघट्टा नाकाबाट भन्सार छलेर अवैधरूपमा भित्र्याइएका मटर, कपडालगायतका सामान मे१ज ५७६३ पिकअप गाडी लोड गरेर बिर्तामोडको गोदाम लैजाने क्रसमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चारआलीबाट नियन्त्रणमा लिएको थियो। गाडी चालक फरार भएपछि सशस्त्रले सामानसहितको गाडी काँकडभिट्टातर्फ लगिरहेका थिए। काली खोला नजिक पुग्दा दुई दर्जन बढी कारोबारीहरूले राजमार्गमै सशस्त्रले नियन्त्रणमा लिएको सामानसहितको गाडी रोके।

पुरुषभन्दा महिला धेरै भएको हुल सशस्त्रमाथि खनिएपछि कारोबारी साहले त्यही मौका छोपी सामानसहितको गाडी त्यहाँबाट भगाए। त्यो गाडीधनी स्वयं साह आफैं हुन्। साहले नै योजना बनाएर ती कारोबारीहरूलाई काली खोलामा भेला गरी यस्तो घटना गर्न लगाएको प्रहरी स्रोतको दाबी छ।
उनीहरू सशस्त्रले नियन्त्रणमा लिएको गाडी घेराउ गर्दै दुर्व्यवहारसँगै हातपात गरिरहेको अवस्थामा कारोबारी साह २२० सीसीको पल्सर मोटरसाइकल चढेर त्यहाँ पुगिसकेका थिए। सशस्त्रले गाडीको चाबी आफैसँग राख्दाराख्दै साहले डुप्लिकेट चाबी प्रयोग गरी गाडी भगाउन सफल भए। नियन्त्रणमा लिएको गाडी भगाएर उल्टै सशस्त्रमाथि दुर्व्यवहार र हातपातसमेत गर्न लगाएको भन्दै सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकडभिट्टाले कारोबारी साहविरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
यता सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका प्रवक्ता तथा डीएसपी महेश विष्टले घटना घटेको हो र विभागको अनुमति लिएरमात्रै बोल्न मिल्ने बताए। मेचीनगरको सतीघट्टा, गैरीगाउँ नाकाबाट दिनहुँ सरसामान भन्सार छलेर भित्रिन्छ। मेची नदी पारी भारतको दुलालजोत र पानीटंकी बजार पर्छ। सोही नाकाबाट सरसामान भित्राउने पोके महिलाहरूले कारोबारी साहलाई सामान दिन्छ। साहले खाद्यान्नसहित अन्य सरसामान बिर्तामोड पुर्‍याएर बिक्री गर्छन्।साहले सशस्त्र र नेपाल प्रहरीलाई मासिक नजराना बुझाएर ठूलै काम गर्छ। त्यतिमात्र नभएर लामो समयदेखि यस्तो धन्दा चलाइरहेका उनले सबैलाई प्रभावमा पारेर राखेका छन्। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्मका डीएसपी शमशेर कार्की र इलाका प्रहरी कार्यालयका डीएसपी राजन लामा भर्खरै सरुवा भएर काँकडभिट्टा आएको हुनाले साह उनीहरू समक्ष पुग्नै पाएनन्। सादा पोसाकमा खटिएका प्रहरीलाई मिलाएर साहले दिनहुँ पिकअपका पिकअप काम गर्दै आइरहेको अवस्थामा यस्तो घटना घटेको प्रहरी निकट स्रोतको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]