२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौं ट्राफिक महाशाखाले शुरु गरेयो उज्यालो अभियान

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

काठमाडौं पुस १ महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियानको शुभारम्भ गरेको छ । उपत्यकाको ट्राफिक व्यवस्थानलाई सहज बनाई दुर्घटना कम गर्नका लागि जनचेतना फैलाउने उद्देश्ले अभियानको शुभारम्भ गरिएको हो ।
कार्यक्रम सडक प्रयोगकर्ता, पैदलयात्री, चालक/सहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिनेछ । महाशाखा र माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुने महाशाखाले जनाएको छ ।
अभियानको शुभारम्भमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुुख शैलेन्द्र थापाले एक वर्षमा दुई हजारको संख्यामा नागरिकको ज्याने गरी दुःखद घटनाहरु घट्ने गरेको जानकारी दिए । उनले दुर्घटनाबाट दुई चारजनाको मात्रै पनि जीवन बचाउन सकेमा तीस वर्षे सेवा अवधिमा पाएको तलब भत्ताभन्दा ठूलो कमाई त्यही नै हुने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपाल सरकार र यातायात मन्त्रालयले यातायात क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गरे । आकाशे पुलहरु निर्माण भए पनि त्यसको प्रयोग नहुनु दुःखद् भएको भन्दै उनले आकाशे पुल रमिता हेर्नका लागि मात्रै प्रयोग गर्ने गरिएको बताए ।
अखिल नेपाल मजदूर संघका अध्यक्ष सोम तामाङलगायतले श्रमजीवीहरुलाई मात्रै दोष दिने काम भएको तर सरकारबाट उनीहरुका लागि सचेतनात्मक कार्यक्रम नभएको गुनासो गरे । अभियानलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उनले दुर्घटना परेपछि कानुनको पाठ सिकाउनुभन्दा पहिले नै सचेतनामुलक कार्यक्रम हुनुपर्ने बताए ।
उच्च माध्यमिक विद्यालय संघका कार्यवाहक अध्यक्ष युुवराज शर्माले प्रविधिको प्रयोगले दुर्घटना कम गर्न सहयोग पुग्ने बताउँदै शैक्षिक क्षेत्रबाट कार्यक्रममा सम्पूर्ण सहयोग हुने प्रतिवद्धता जनाए ।
ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुुर्याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो अभियान शुरु गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]