२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

रुपन्देही जिल्ला ट्राफिक प्रमुख रन्जु के.सी विद्यालयमा पुगेर ट्राफिक सचेतना कक्षा दिदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १८, २०८१

 

रुपन्देही । भैरहवाको सडकमा बेलाबेला झुल्किने घामको उज्यालोसँगै सडकमा खटिने रन्जु के.सी.को टीम कहिले विद्यालय त कहिले सडकमा देखिन्छ । १७ डिग्रीको मात्रै तापक्रम भएको मौसमी प्रतिकुलताको पर्वाह नगरी टाउकोमा सेतो ह्याट, निलो रंगको सेतो लाईनीङ भएको पोशाकको काँधमा क्रस खुकुरीको बिल्लासहित उनी दौडिरहेकी देखिन्छिन् । कठ्यांग्रिदो जाडोको पर्वाह नगरी उनी बिहानैदेखि साँझसम्म सडक र विद्यालयमा ट्राफिक शिक्षा बाँडिरहेकी छन् ।

यसै हप्ता मात्रै उनले भैरहवास्थित काशी नोबल एकेडेमी र भैरहवा नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई २/२ घण्टा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको बारेमा प्रशिक्षण दिइन् । काशीमा कक्षा ११ का ३० जना भन्दा बढी विद्यार्थीहरु सहभागी थिए । त्यस्तै भैरहवा नमूना माविमा विज्ञान, मानविकी, वाणिज्य र शिक्षा संकायका ९४ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

समय मिलाएर विद्यालयमा विभिन्न संघ–संस्थाको समन्वयमा हुने ट्राफिक सचेतनासम्बन्धी गोष्ठीमा आफू जाने गरेको उनले बताइन् । उनले भनिन, ‘ट्राफिक सचेतना, सवारी दुर्घटना न्यूनीकरण बारेमा विद्यार्थीहरुलाई सम्झाउन सके, बुझाउन सके त्यसको असर सडकमा देखिन्छ । यसैले सडकसँगै विद्यालयहरुमा पनि कक्षा लिन थालेको हो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]