२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा बमको आशंकामा डिष्पोज गर्दा नुनको पोका भेटियो

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

सागर थापा
दाङ पुस १ घोराही १५ गुलरियामा मंगलवार विहान भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । गुलरीयाको मातृभूमी टोल स्थित मोहन अधिकारीको घरको गेटमा भेटिएको शंकास्पद बस्तु बम नभएको नेपाली सेनाको टोली पुष्टि गरेको हो ।
पलाष्टिकको पोकामा तार बेरेर राखिएको बस्तुलाई रिपु मर्दन गणबाट गएको नेपाली सेनाले निष्कृय पार्दा भित्र दुई पोका नुन भेटिएको छ । गणका मेजर श्याम थापा क्षेत्रीको कमाण्डमा गएको टोलीले उक्त बस्तुलाई निष्क्रिय पार्ने क्रममा नून भेटिएको हो ।
बिहान अधिकारीको घर बहिरको गेटमा उक्त बस्तु भेटिएपछि त्यस क्षेत्र त्रसित बनेको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी सहित नेपाली सेनाको टोलीले लगत्तै उक्त क्षेत्रलाई नियन्त्रणमा लिएको थियो । तर्साउनका लागि उक्त बस्तु राखेको हुने सक्ने अनुमान गरेपनि कस्ले राखेको हो भन्ने अझैसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!