२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

धनुषा सिमा सशस्त्र डिएसपी सुरज रिजाल विरुद्ध स्थानीयहरुद्वारा कार्वाहीको माग गर्दै आन्दोलन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण १९, २०८१

धनुषा । भारतबाट भन्सार छलीका समानहरु निर्वाध आउन थालेपछि महिनापुर गुल्मका ईन्चार्ज डिएसपी सुरज रिजालले कडाई गरेका हुन् । भन्सार कटाएर मात्र समान लैजान उर्दी जारी गरेपछि स्थानीय सर्वसाधारणहरु डिएसपी रिजालविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

आम सर्वसाधारणलाई समेत समान्य किनमेल गर्न नदिएको आरोप स्थानीयवासीहरुको छ । मोटो समान लिएर जानेलाई भन्सार लिनुपर्ने तथा समान्य घरायसी समान किनमेल गर्नेलाई समेत रोकटोक गरेपछि स्थानीयहरुले सशस्त्र प्रहरीविरुद्ध एकजुट भएका छन् ।

महिनाथपुर गुल्म अन्तर्गत पर्ने इनरवा, खजुरी, महिनाथपुर, दुहबी, धनौजी, इटहर्बा सीमा क्षेत्रमा डिएसपी रिजाल आएपछि भन्सार छलीका समानमा कडाई गरेका छन् । सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीको गतिविधिप्रति विरोध जनाउँदै स्थानीय जनप्रतिनिधि तथा सयौं स्थानीय बासिन्दाले नाराबाजी गरेका छन् ।

विदेह नगरपालिका २ दुहबी-गोबराहीका स्थानीयहरुले सशस्त्र प्रहरीविरुद्ध आन्दोलन गरेका छन् । उनीहरुले डिएसपी रिजालले यहाँका स्थानीयलाई दुःख दिन थालेको आरोप छ ।

यस सन्दर्भमा विदेह नगरपालिकाका मेयर बेचन दासले महिनाथपुर गुल्मका ईन्चार्ज डिएसपी सुरज रिजाल आएपछि घरायसी आवश्यकताका लागि पनि सीमापार जान नदिने गरेको र गाउँमा मात्रै तैनाथ रहेको प्रति स्थानीय आक्रोशित भएका छन् । हाल गाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको छ, जसलाई स्थानीय बासिन्दाले अनावश्यक निगरानीको रूपमा लिएको बताए ।

विरोध प्रदर्शनका क्रममा मेयर दासले चेतावनी दिँदै भने, “यदि सिसिटिभी हटाइएन भने मशाल जुलुस निकाल्नेछौं ।” उनका अनुसार, सीमावर्ती क्षेत्रका बासिन्दाहरू परम्परागत रूपमा सम्मान, भोजभतेर लगायतका गतिविधिका लागि सीमापार किनमेल गर्न जाँदै आएका थिए । तर, हाल शस्त्र प्रहरीका डिएसपी कडाइका कारण जनतालाई अनावश्यक सास्ती भएको उनले बताए ।

स्थानीय वडाध्यक्ष तथा सयौं स्थानीयको सहभागितामा भएको प्रदर्शनमा सरकारको नीतिको आलोचना गर्दै सीमा क्षेत्रमा सहज आवागमनको माग गरिएको छ । स्थानीय बासिन्दाहरूले आफ्नो परम्परागत जीवनशैलीलाई निरन्तरता दिन पाउनु पर्ने र शस्त्र प्रहरीले अनावश्यक हस्तक्षेप नगर्नु पर्ने माग राखेका छन् ।
प्रदर्शनका क्रममा ‘सिसिटिभी हटाऊ ’, ‘स्थानीयलाई दुःख दिन पाइँदैन’ जस्ता नाराहरू लगाइएका थिए । स्थानीय प्रशासनले भने सुरक्षाको कारण देखाउँदै सिसिटिभी जडान गरिएको र सीमा क्षेत्रमा कडाइ गरिएको बताएको छ ।

सीमा क्षेत्रमा डिएसपी रिजालको कडाईपछि तस्करहरुलाई समस्या भएको बताइएपनि रातीको समयमा सीमा क्षेत्रमै बस्ने यहाँका बिचौलियाहरुले लाखौँको समान सप्लाई गर्ने गरेका छन् । सीमा क्षेत्रमा रहेका गोदामहरु भन्सार छलीका समानहरुले भरिभराउ देखिएको छ । यसले डिएसपी रिजालले ठुला तस्करलाई लाईन दिएर सर्वसाधारणमाथि कडाई गरी कडाईको नाटक मात्र देखाएको आरोप लगाएका छन् । यसले नैतिकतामाथि प्रश्न समेत तेर्सिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!