२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङको पहरूवामा नम्बर नखुलेको गाडीको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

Logo
प्रकाशित बुधबार, पुष ०२, २०७६

ओमप्रकाश गुप्ता
दाङ २ पुस देउखुरीमा अज्ञात गाडीको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । लमही – भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ पहरूवा चोकमा बुधबार विहान ५:३० बजेको समयमा तुलसीपुर देखि काठमाडौं जाँदै गरेको रा ५ प ७१५३ नम्बरको मोटरसाइकललाई पुर्वबाट पश्चिम गइरहेको अज्ञात गाडीले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका ६ बस्ने २२ वर्षिय शिवराज डाँगी गम्भीर घाइते भएका छन् ।भने मोटरसाइकल पछाडि बसेका सोही ठाउँ निवासी १९ वर्षिय सुमन अधिकारी सामान्य घाइते भएका छन् । घाइते दुवैलाई विष्ट स्वास्थ्य पोलिक्लनीक सिसहनियाँमा सामान्य उपचार पछि गम्भीर घाइते डाँगीको खुट्टा भाँचिएकोले थप उपचारका लागि बुटवल पठाइएको प्रहरी चाैकी सिसहनियाँले जानकारी दिएको छ । ठक्कर दिने गाडीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]