०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

दाङको पहरूवामा नम्बर नखुलेको गाडीको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

Logo
प्रकाशित बुधबार, पुष ०२, २०७६

ओमप्रकाश गुप्ता
दाङ २ पुस देउखुरीमा अज्ञात गाडीको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । लमही – भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ पहरूवा चोकमा बुधबार विहान ५:३० बजेको समयमा तुलसीपुर देखि काठमाडौं जाँदै गरेको रा ५ प ७१५३ नम्बरको मोटरसाइकललाई पुर्वबाट पश्चिम गइरहेको अज्ञात गाडीले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका ६ बस्ने २२ वर्षिय शिवराज डाँगी गम्भीर घाइते भएका छन् ।भने मोटरसाइकल पछाडि बसेका सोही ठाउँ निवासी १९ वर्षिय सुमन अधिकारी सामान्य घाइते भएका छन् । घाइते दुवैलाई विष्ट स्वास्थ्य पोलिक्लनीक सिसहनियाँमा सामान्य उपचार पछि गम्भीर घाइते डाँगीको खुट्टा भाँचिएकोले थप उपचारका लागि बुटवल पठाइएको प्रहरी चाैकी सिसहनियाँले जानकारी दिएको छ । ठक्कर दिने गाडीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]