२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

नेपाल प्रहरीको डिआइजीहरु सरुवा र बढुवा सुरु हुदै कोका पर्दै छन

Logo
प्रकाशित बुधबार, पुष ०२, २०७६

सागर थापा
काठमाडौं गृह मन्त्रालय र नेपाल प्रहरीले डीआइजीहरूको सरुवाको तयारी गर्दैछ । महानगरीय आयुक्त कार्यालयका डीआइजी शैलेश थापा क्षेत्री, केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)का प्रमुख निरजबहादुर शाही र अपराध अनुसन्धान विद्यालयका रामप्रसाद श्रेष्ठको एक बर्षे कार्यकाल पूरा भइसकेको छ । सामान्यतया एक बर्षमा सरुवा गर्ने प्रचलन प्रहरीमा छ ।
गण्डकी प्रदेशका डीआइजी विनोद शर्मा घिमिरेको कमाण्ड कन्ट्रोल नै नभएको र प्रहरी आचारसंहिताविपरीत काम गर्न तल्लीन रहेकाले उनी पनि सरुवामा पर्ने बताइएको छ । उनी ६ महिनाअघि २०७६ जेठ ३२ मा गण्डकी प्रदेशको प्रमुखमा सरुवा भएका हुन् । महानगरीय आयुक्त कार्यालयको प्रमुखका लागि डीआइजी विश्व पोखरेलको नाम चर्चामा आएको छ ।
तर उनी महानगरीय आयुक्तमा सरुवा भएमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआइजी सूर्य उपाध्यायलाई अन्यत्र पठाउनुपर्ने हुन्छ । उपाध्याय ठाकुर ज्ञवालीको समूहका वरिष्ठ डीआईजीपी हुन् । पोखरेल उनीभन्दा कनिष्ट हुन् । विमानस्थल प्रहरी महानगरीय आयुक्त कार्यालय मातहत भएकाले आफूभन्दा कनिष्टको मातहत उपाध्यायलाई काम गर्न सहज हुनेछैन । उनी कि त बिदा बस्नेछन्, कि त सरुवा हुनेछन् ।
मेट्रो नपाए पोखरेलले प्रदेश नम्बर २ रोजेको बताइन्छ । प्रदेश नम्बर–२ का डीआइजी प्रद्युम्न कार्कीले मरिचदेखि सबै खालका तस्करीमा कडाइ गरिदिएपछि तस्करहरूको समूह नै उनलाई सरुवा गर्न काठमाडौंमा नेताहरूको घर घरमा धाइरहेको छ । डीआइजी प्रद्युम्न कार्कीको सरुवा भएमा पोखरेलको प्रदेश नम्बर २ मा सरुवा हुने संभावना पनि छ । यद्यपि तस्करीको जालोले घेरिएको प्रदेश नम्बर २ भन्दा पोख्रलको रोजाई महानगरीय आयुक्त कार्यालयमै रहेको स्रोत बताउछ ।
पोखरेल महानगरीय आयुक्त कार्यालयमा सरुवा भएमा विमानस्थलका सूर्य उपाध्याय गण्डकी प्रदेशमा सरुवा हुने दाउमा छन् । सिनियर डीआइजी हरि पाल मेट्रोमा जाने पक्षमा छैनन् । २ महिनापछि एआइजी बढुवा हुने लाइनमा रहेका हरि पाल मेट्रोमा जाने पक्षमा छैनन् । सीआइबीमा जाने डीआइजी पनि आइजीपी खनालले पाउन सकेका छैनन् । अधिकांश डीआइजीको जागिर अवधि २ महिनामात्र भएकाले पनि सीआइबीका लागि उपयुक्त उम्मेदवार पाउन नसकेको बताइन्छ ।
जागिर अवधि ५६ दिनमात्र बाँकी भएका डीआइजीद्वय केदार रिजाल र पिताम्बर अधिकारी पनि मेट्रो र गण्डकी प्रदेश ताकिरहेका छन् । रिजालले मेट्रो र अधिकारी गण्डकी प्रदेश सरुवा हुने लबिङमा रहेको चर्चा छ । रिजाल, अर्का डीआइजी दिनेश अमात्य चाहिं अझै पनि सरकारले आइजीपी खनाललाई हटाउला र ३० बर्षे सेवावधि खारेज गर्ला भन्ने आशामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]