प्रकशित मिति : ४ पुष २०७६, शुक्रबार १८:०८

सागर थापा (क्राईमनिट)
काठमाडौं प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक (एसपी ) हरुको सरुवा गरेको छ।
सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तको सरुवा भएको छ। चितवनका एसपी दानबहादुर मल्ललाई अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा गार्डमा सरुवा भएको छ भने बिमानस्थल सुरक्षा गार्डका कृष्ण कोइरालाको झापा प्रहरी प्रमुखमा सरुवा भएको छ।
त्यस्तै धनुषामा रमेशकुमार बस्नेत, कंचनपुरमा मुकुन्द मरासनी र रौतहटमा रवीराज खड्काको सरुबा भएको छ। अपराध महाशाखाका एसपी सुशिलसिंह राठौर मकवानपुर पुगेका छन् भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com