२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सोमबार तपाईहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, चैत्र ११, २०८१

मेष :-सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

वृष :-आजको दिन मिश्रित फलदायी रहनेछ। पारिवारिक जीवनमा केही असमझदारी उत्पन्न हुन सक्छ, तर धैर्य र समझदारीले समस्याहरू समाधान गर्न सकिनेछ। आर्थिक मामिलामा सतर्क रहनुहोस् र अनावश्यक खर्चबाट बच्नुहोस्।

मिथुन :-प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ।व्यापार-व्यवसायमा सोचेअनुरप हुनेछैन ।

कर्कट :मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ।

सिंह:-निर्णय गर्ने क्षमतामा कमी आउनेछ। नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमी हुनेछ। मित्र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ।

कन्या :-नयाँ कार्य क्षेत्रमा लगानी नगरेकै बेस हुनेछ।जीवनसाथीको सहयोगद्वारा गरिएका काममा सफलता प्राप्त हुनेछ। अनावश्यक खर्चको सम्भावना रहेकोछ।

तुला :-पुरानो लगानी उठाउने राम्रो समय रहेको छ। मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ। प्रतिस्पर्धात्मक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ। अध्ययन अध्यापनका क्षेत्रमा समय व्यतीत रहनेछ।

वृश्चिक :-महत्वाकांक्षी योजना सम्पादन हुनाले मन आनन्दित रहनेछ। समाजमा इष्टमित्रहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ।

धनु :-धेरै पराक्रममा वृद्धि हुनेछ। नयाँ माहोलमा आफ्नो योग्यतालाई जनाउन सकिनेछ। आफन्तहरूसँगको भेटघाटले मन उत्साहित रहनेछ।

मकर :-पारिवारिक सम्बन्ध मजबुत हुनेछ। विद्यार्थीहरूलाई पढाइमा शिक्षकहरूद्वारा मार्गदर्शन मिल्नेछ। कार्यक्षेत्रमा गरिएका कामहरूको प्रशंसा हुनेछ।

कुम्भ :-राजनीति तथा समाजसेवामा जनताको आलोचना हुनेछ। अनावश्यक विवादमा नपर्नुहोस्।लेनदेनका मामिला सुल्झनेछन् ।स्वास्थ्यमा ध्यान दिनुहोस्।

मीन :-आजको दिन मिश्रित रहनेछ। आर्थिक लाभका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ। शत्रुपक्ष वाट पनि लाभ प्राप्त गर्न सकिनेछ ।यात्रा वाट लाभ प्राप्त हुनेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद् ।

सचिव नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!