१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

प्रदेश नम्बर ३ ले प्रहरी निरिक्षक देवराज काफ्ले सम्मानित

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी सम्बादाता
काम गर तर फलको आश नगर’ भन्ने भनाई छ तर राम्रो काम गर्नेलाई प्रोत्साहन पनि त्यतिकै आवश्यक पर्दछ।
तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरिबाट उत्कृष्ट काम गर्ने राष्ट्र सेवक मध्य एक जना प्रहरीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ । जसमा तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले घोषण गरेको उत्कृष्ट प्रहरीमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडामा कार्यरत प्रहरी निरीक्षक देवराज काफ्ले रहेका छन ।काफ्लेले मकवानपुरको पुर्व क्षेत्रमा भएको स्काभेटर आगजानीमा तथा चन्दा संकलमसा संलग्न व्यक्तिलाई पक्राउ गर्नु सफल भएको साथै लागूऔषध कारोबार र ओसारपसार नियन्त्रणमा उत्कृष्ट कामगरी आम जन्ताको गुनासोलाई प्रभावकारी ढङ्गबाट समाधान गर्न सफल रहेको भन्दै निरीक्षक काफ्लेलाई प्रदेशभरिबाट उत्कृष्ट प्रहरीको घोषण गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतद्वारा जारी पत्रमा उत्कृष्ट कार्य बापत उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!