२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाजुरामा विद्यार्थीहरु हिउँमाथि पढदै

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी संचार
बाजुरा पुस ५ गते साताको हिमपातका कारण बाजुराको हिमाली क्षेत्रका दर्जन बढी विद्यालयको पढाई प्रभावित भएको छ। हिमपातले जिल्लाका हिमाली गाउँपालिका, बुढिनन्दा नगरपालिका, बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा रहेका अधिकांश विद्यालयको पढाई प्रभावित भएको हो।
वर्षासंगै तीन दिन सम्मको लगातारको हिमपातका कारण पठनपाठनमा समस्या भएको बडिमालिका नगरपालिका ७ को सरस्वती आधारभुत विद्यालयका शिक्षक बलबहादुर रोकायाले बताए। तैपनी विद्यार्थीहरुको पढाई छुट्ने भएकाले जसोतसो गरेर भएपनि अध्यापन जारी राखिएको जनाए।
विद्यालयको आर्थिक स्थिती कमजोर भएका कारण कक्षाकोठाको व्यवस्थापनमा समेत समस्या भएको प्रधानाध्यापक हस्त बहादुर धामीले वताए। दुई दिनमै तीनचार फुट हिउँ जमेको कारण यो वर्ष बढी चिसो छ। स्थानीयलाई दैनिक कामकाज गर्न पनि सकस परेको छ।
हिउँले पूरै गाउँ ढाकेको छ। आगो तापेर बस्नु बाहेकको विकल्प नभएको प्रअधामीले वताए। हिमाली गाउँपालिका, गौमुल गाउँपालिका, बुढिनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाका क्षेत्रका अधिकांश विद्यालयका बालबालिका हिमपातका कारण घरमै बस्ने गरेका कारण धेरै ठाउँमा पठनपाठन गर्न नसकिएको शिक्षा समन्वय ईकाइ बाजुराले जनाएको छ।
शुक्रबारदेखि हिमाली क्षेत्रका विद्यालय बन्द गरिएको भएपनि केही स्थानमा भने दाउरा बालेर भएपनी पढाई सुचारु गरिएको छ। हिमाली गाँउपालिका वडा नम्बर १ २ र ३ बिच्छँयाका धेरै विद्यालय भने बन्द भईसकेका छन्। हिमपातका कारण मार्तडी कोल्टी आवातजावतमा अवरोध भएको छ।
पोरखे लेकमा बाक्लो हिउँ जमेपछी सवारी साधन समेत चल्न सकेका छैनन् भने दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या भएको व्यापारी नवराज कुवँरले बताए। अघिल्लो वर्ष हिमपातका कारण पोरखेमा हिउँ जमेपछी तीन महिना सम्म सडक अवरुद्ध भएको थियो। यस पटक परेको हिउँकै कारण एक हप्ता पछि मात्रै सडक सञ्चालन हुनेसक्ने यातायात व्यवसायी शंकर मल्लले वताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!