३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

प्रहरीको सहयोगमा चिसोबाट बच्न टिकापुरमा आगो ताप्ने ब्यबस्था

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी संचार
कैलाली पुस ५ केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा शनिबारबाट आगो ताप्ने व्यवस्था गरिएको छ। स्थानीय सामुदायिक वनसँग गरिएको समन्वयपछि निःशुल्क रुपमा दाउरा उपलब्ध भई नगर क्षेत्रका १६ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।
नगरका बासिन्दालाई चिसोबाट बचाउने अभियानस्वरुप आगो ताप्ने व्यवस्था गरिएको भट्टले बताउनुभयो । यसैबीच नगर क्षेत्रका विद्यालय आसपासका मदिरा पसल तथा होटेलबाट ९५० लिटर अवैध घरेलु मदिरा जफत गरी शनिबार नै नष्ट गरिएको छ। बढ्दो लागुऔषधको सेवन ओसारपसार सामाजिक चुनौतीको रुपमा देखिन थालेपछि यस्ता विकृति न्यूनीकरण गर्नका लागि प्रहरीले टीकापुर क्षेत्रमा हरेक दिन ‘विद्यालयमा एक घण्टे कार्यक्रम’ अभियान पनि थालेको छ ।
विद्यालयका छात्रछात्रालाई लागुऔषधको प्रयोगले मानिसको स्वास्थ्य र समाजमा पार्ने असर, बाल विवाह गर्दा हुने असर लगायतका विषयमा प्रहरी अधिकृतले चेतनामूलक प्रशिक्षण दिने गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]