३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी संचार
पर्सा पुस ५ मोटरसाइकल चोरी गर्दा प्रयोग गर्ने औजारसहित बाराका चारजना युवा पर्सामा पक्राउ परेका छन्। बाराको कोल्बी नगरपालिकाका २ र करहियामाई गाउँपालिका २ युवा मोटरसाइकल चोरी गर्दा प्रयोग गर्ने औजारसहित पर्सामा पक्राउ परेका हुन्।
मोटरसाइकलको लक फुटाउने माष्टर साँचो र चालु गर्न प्रयोग गरिने स्वीचसहित उनीहरू वीरगन्ज महानगरपालिका १५ बाट पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका युवासँग मोटरसाइकल चोरी गर्दा लक फुटाउन प्रयोग गर्ने माष्टर साँचो १ थान र स्टार्ट गर्दा प्रयोग गर्ने स्वीच २ थान बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।
पक्राउ परेका युवामा बाराको कोल्बी ६ सखुवाहाका २३ वर्षीय देवराज चौधरी र कोल्बी नगरपालिका ५ का १८ वर्षीय आशा चौधरी चौधरी रहेका छन्। त्यसै गरी बाराकै करहियामाई गाउँपालिका ५ ठोरिहाइका २० वर्षीय राकेश चौधरी र २० वर्षकै दिपक चौधरी रहेको पर्साका प्रहरी उपरीक्षक राठौरले बताए।
केही समययता वीरगन्ज महानगरपालिकालगायतका क्षेत्रमा मोटरसाइकल हराउन थालेको सूचना प्रहरीमा आएपछि पर्सा प्रहरी सूक्ष्म रुपले चोरको खोजीमा लागिरहेको थियो। यही समयमा मोटरसाइकल चोरी गर्दा प्रयोग गर्ने औजारसहित वीरगन्ज महानगरपालिका १५ प्रतिमा चोकबाट चारजना अभियुक्तहरू औजारसहित फेला परे।
पक्राउ परेका चारैजना अभियुक्तसँग थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक राठौरले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!