३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

गरिब परिवारको घरमा जमिन्दारको डोजर लगाएर घर भत्काइँदै। घरबारविहीन भएका दलित परिवार

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी संचार
सिरहा पुस ५ तराइ-मधेसमा शितलहर सुरु भएको छ। जाडोमा विपन्न परिवारलाई ओढ्ने ओछ्याउने समस्या छ। मनकारी व्यक्तिहरुले विपन्न वस्तीमा न्यानो कपडाहरु बाड्न पुग्ने गर्छन। तर सिरहा नगरपालिका-६ बसपिट्टा गाउँमा एक जमिन्दारले शनिबार साँझ डोजर लगाएर दलित परिवारको घर भत्काई घरबारविहीन बनाएका छन्। विपन्न परिवारको विचल्ली भएको छ।
सिरहा नगरपालिका-१ का जमिन्दार दामोदर बहादुर प्रधानाङ्गले रामवृक्ष महरा, समतोलिया महरा, रामजी महरा र राजकुमार महराको घर डोजर लगाएर भत्काएका छन्। जमिन्दार प्रधानाङ्गले आफ्नो बाजे लालबहादुरले मन्दिरलाई दिएको जग्गा अतिक्रमण गरी घर बनाएकाले भत्काएको बताएका छन्।
सय वर्ष पहिला नै राधाकृष्ण मन्दिरको नाममा निजी गुठी बनाएर करिब ४ विघा जग्गा आफ्ना बाजेले दिएको उनको भनाइ छ। त्यसमध्ये एक कठ्ठा जग्गा अतिक्रमण गरी घर बनाइएको उनको आरोप छ।
‘अतिक्रमित जग्गा खाली गर्न पटक-पटक सूचना दिएपनि नटेरेकाले अदालत पुग्यौँ’उनले भने,‘अदालतबाट फैसला भएर आएपछि घर भत्काएका हौँ।’
आफूहरुले केही समय मागेपनि कुरा नसुनी घर भत्काएको पीडितको आरोप छ। ‘हामीले जाडोमा घर नभत्काइदिनुस् केही समय दिनुस भनेर गुहार्यौँ तर, हाम्रो कुरै सुनेनन भएन्,’ कुल्चो महराले भनिन, ‘पुस्तौंदेखि बसोबास गर्दै आएको जग्गामा बनेको घर भत्काइदियो अब कहाँ जानु ?
जवरजस्ती डोजर लगाएर घर भत्काउँदा सरसमान, अन्नपात नष्ट भएको कुल्चोको गुनासो छ।
‘स-साना छोराछोरी छ। जाडोमा कसरी रात कटाउनु ? गरिबलाई दुःखमाथि दुःख थपियो, पीडित मध्येकी एक कारी महराले दुगेसो पोखिन। ‘हामी पुस्तौँदेखि बसोबास गर्दै आएका थियौँ।’ गाउँका ठुलाबडासँग मिलेर जमिन्दारले घर भत्काए’। घर भत्काइरहँदा जनप्रतिनिधि, प्रहरी-प्रशासनलाई गुहार्दा कसैले चासो नदिएको उनले सुनाइन्।
घरवार बिहीन भएपछि पीडितहरु साँझ जिल्ला प्रशासन कार्यालय पुगेका थिए। उनीहरुलाई प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कम्बल दिएर पठाएका छन्। जमिन्दारले मिलोमतोमा ऐलानी जग्गा व्यक्तिको नाममा बनाई त्यसमा बनेका विपन्न परिवारको घर भत्काएको स्थानीयको आरोप !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]