१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

गोरु तस्करले इन्स्पेक्टर घिमिरेलाई १५ हजार घुस दिन खोजे पछी गोरु तस्करी अख्तियारको नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

(एबिसी संचार)
स्याङ्जा पुस ६ वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस दिने व्यापारी आफै फन्दामा परेका छन् । मंगलवार गोरुको ओसारपासार गर्ने भन्दै स्याङ्जाको वालिङ स्थित वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेलाई रकम दिएपछि ति व्यापारी प्रहरीको नियन्त्रणमा परेका हुन् ।
रुपन्देही जिल्ला बसन्तपुर गाँउपालिका ४ स्थायी घर भएका जहरुदिन मियालाई प्रहरीले नियन्त्रणमा लिएर रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान अयोग पोखरा बुझाइएको जिल्ला प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए । वडा प्रहरी कार्यालय वालिङ प्रहरी निरिक्षकको कक्ष नम्वर १ मा मियाले गोरु ओसारपसारमा सहयोग गरिदिन भन्दै १५ हजार रकम टेवलमा राखिदिएका थिए ।
कार्यकक्षमा काम गरिरहेका प्रहरी निरिक्षक घिमिरेलाई रकम टेबुलमा राखिदिएपछि रकम सहित मियालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । रकम लेनदेनको अवस्था भएकाले यो अख्तियारलाई बुझाएको प्रहरी प्रमुख जिसीले बताए । वालिङ ८ मा विगत २० बर्षदेखि मियाले भैसीको मासुको व्यापार गर्दै आएका थिए ।
मियाले आफुलाई सहयोग हुन्छ भनेर रकम दिएको स्विकारेका छन् । प्रहरीले रकम नमागेको तर आफुलाई रकम दिएपछि प्रहरीबाट सहयोग हुन्छ भन्ने लागेर रकम दिएको मियाले बताए । मंगलबार नै प्रहरीले रकमको मुजुल्का, मेडिकल र थप अनुसन्धानका कागतजात तयार गरि अख्तियारलाई अनुसन्धानका लागि मियालाई बुझाएको छ ।
एकैचोटी मेरो कार्यकक्षमा मिया आए प्रहरी निरिक्षक घिमिरेले भने,“म गोरुको कारोवार गर्न लागेको छु हजुरलाई यो थोरै सहयोग हो भन्दै टेवुलमा रकम राखे ।” म त अलमल परे र तत्काल उनलाई रकम सहित नियन्त्रणमा लिएको हो घिमिरेले भने ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर तस्करी गर्न खोज्ने मियालाई प्रहरीले पक्राउ गरेको प्रति स्थानीयले प्रशंससा गरेका छन् । प्रहरीलाई रकम दिएर तस्करी देखि अन्य धन्दा गर्न सकिन्छ भन्ने मानसिकता बोकेकाहरुका लागि यसले राम्रो सन्देश दिएको स्थानीयको भनाई छ । प्रहरीलाई घुस दिन खोज्ने पक्राउ पर्नु स्याङ्जामा भने यो पहिलो घट्ना हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!