३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

गोरु तस्करले इन्स्पेक्टर घिमिरेलाई १५ हजार घुस दिन खोजे पछी गोरु तस्करी अख्तियारको नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

(एबिसी संचार)
स्याङ्जा पुस ६ वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस दिने व्यापारी आफै फन्दामा परेका छन् । मंगलवार गोरुको ओसारपासार गर्ने भन्दै स्याङ्जाको वालिङ स्थित वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेलाई रकम दिएपछि ति व्यापारी प्रहरीको नियन्त्रणमा परेका हुन् ।
रुपन्देही जिल्ला बसन्तपुर गाँउपालिका ४ स्थायी घर भएका जहरुदिन मियालाई प्रहरीले नियन्त्रणमा लिएर रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान अयोग पोखरा बुझाइएको जिल्ला प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए । वडा प्रहरी कार्यालय वालिङ प्रहरी निरिक्षकको कक्ष नम्वर १ मा मियाले गोरु ओसारपसारमा सहयोग गरिदिन भन्दै १५ हजार रकम टेवलमा राखिदिएका थिए ।
कार्यकक्षमा काम गरिरहेका प्रहरी निरिक्षक घिमिरेलाई रकम टेबुलमा राखिदिएपछि रकम सहित मियालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । रकम लेनदेनको अवस्था भएकाले यो अख्तियारलाई बुझाएको प्रहरी प्रमुख जिसीले बताए । वालिङ ८ मा विगत २० बर्षदेखि मियाले भैसीको मासुको व्यापार गर्दै आएका थिए ।
मियाले आफुलाई सहयोग हुन्छ भनेर रकम दिएको स्विकारेका छन् । प्रहरीले रकम नमागेको तर आफुलाई रकम दिएपछि प्रहरीबाट सहयोग हुन्छ भन्ने लागेर रकम दिएको मियाले बताए । मंगलबार नै प्रहरीले रकमको मुजुल्का, मेडिकल र थप अनुसन्धानका कागतजात तयार गरि अख्तियारलाई अनुसन्धानका लागि मियालाई बुझाएको छ ।
एकैचोटी मेरो कार्यकक्षमा मिया आए प्रहरी निरिक्षक घिमिरेले भने,“म गोरुको कारोवार गर्न लागेको छु हजुरलाई यो थोरै सहयोग हो भन्दै टेवुलमा रकम राखे ।” म त अलमल परे र तत्काल उनलाई रकम सहित नियन्त्रणमा लिएको हो घिमिरेले भने ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर तस्करी गर्न खोज्ने मियालाई प्रहरीले पक्राउ गरेको प्रति स्थानीयले प्रशंससा गरेका छन् । प्रहरीलाई रकम दिएर तस्करी देखि अन्य धन्दा गर्न सकिन्छ भन्ने मानसिकता बोकेकाहरुका लागि यसले राम्रो सन्देश दिएको स्थानीयको भनाई छ । प्रहरीलाई घुस दिन खोज्ने पक्राउ पर्नु स्याङ्जामा भने यो पहिलो घट्ना हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]