२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दुर्घटना हुँदा कार भित्र रक्सीको बोतल र गाजा मापसे गरेर चलाएको कारमा कोको थिए

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६


गत शनिबार बूढानीलकण्ठ नगरपालिका–५ बसपार्क नजिकैको सडकमा एउटा कारले ठक्कर दिँदा गोरखा घर भएकी लिला देवकोटाको मृत्यु भयो । देवकोटालाई ठक्कर दिने गाडी चालक हुन् पृथ्वी मल्ल ।
घटनाको चार दिनअघि मात्र पृथ्वी मल्ल अमेरिकाबाट नेपाल आएका हुन् । सम्पन्नशाली परिवारका मल्लको नेपाली कला क्षेत्रका नायिकाहरुसँग राम्रै चिनजान रहेको पाइएको छ । अमेरिकाबाट आएको भोलिपल्टै पृथ्वी रमाइलो गर्न भन्दै साथीहरुसँग राति बाहिर समेत निस्किएका थिए ।
बाँकी २ दिन पृथ्वीले परिवारलाई समय दिए । अमेरिकाबाट आएको चौंथो दिन पृथ्वी फेरि बाहिर निस्किए । उनी ३ जना साथीसँग शिवपुरी गए । जोडी–जोडी ।
त्यहाँ उनीहरु मदिरा पिएरै रात बिताए । कतिबेला उज्यालो भयो उनीहरुलाई त्यतिसम्म हेक्का भएन । नसाकै तालमा उनीहरु शिवपुरीबाट बुढानिलकण्ढ हुँदै घरतिर आउँदै थिए ।
चालक पृथ्वीको सिटसँगै अर्को सिटमा एक युवती र पछाडी अर्को जोडी थियो । मदिराले लठ्ठ उनीहरुलाई कार कतिको स्पिडमा गुडिरहेको समेत हेक्का थिएन । कारमा युवतीसँग मस्त रमाइलो गर्दै आइरहेका पृथ्वीले कारको गति समेत नियन्त्रण गर्न सकिरहेका थिएनन् ।
अन्ततः पृथ्वीले चलाएको बा१४च ६१२३ नम्बरको सुजुकी कार बुढानीलकण्ठ स्कुलको गेटैमा पुगेपछि दुर्घटना भयो । सडक छेउमा हिँडिरहेकी देवकोटालाई ठक्कर दियो । देवकोटा गम्भीर घाइते भइन् ।
मृतक लिला देवकोटा ।
देवकोटालाई ठक्कर दिएपछि पनि तीव्र गतिमा रहेको कार अझै रोकिएन । अलि पर रहेको बिजुलीको पोलमा गएर ठोक्किएको कारले दुईवटा मोटरसाइकललाई समेत ठक्कर दियो । कारभित्रका तीनजना बाहिर निस्किएर भागे । चालक पृथ्वी भने बाहिर निस्कन सक्ने अवस्थामा थिएनन् ।
तत्कालै महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको टोली घटनास्थलमा पुग्यो । प्रहरीले गम्भीर घाइते देवकोटालाई न्युरो अस्पतालतर्फ लिएर गए । तर, अस्पताल नपुर्याउँदै उनको मृत्यु भयो । चालक पृथ्वीलाई प्रहरीले नियन्त्रणमा लियो ।
चालक पृथ्वीविरुद्ध प्रहरीले सवारी ज्यान मुद्दा दर्ता गरेर जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
पृथ्वीका पिता युएन ह्याबिट्याटमा काम गर्छन् भने आमा पनि एनजिओमा काम गर्छिन् । पृथ्वीमाथि अमेरिकामा पनि मादक पदार्थ पिएर पटक–पटक वितण्डा मच्चाएको आरोप छ ।
घटनाप्रति सबैको चासो
सामाजिक सञ्जालमा समेत बुढानिलकण्ठ दुर्घटनालाई विभिन्न तरिकाले टिकाटिप्पणी गरिएको छ । कोहीले गाडीमा रहेका अन्य तीनजना को–को थिए ? भनेर चासो गरेका छन् ।
मदिरा सेवन गरेर, बिना लाइसेन्स सडक पेटीमा हिँडिरहेको यात्रुमाथि कार कुदाएर हत्या गरेपछि स्वाभाविक तवरले दुई कुरा अघि आउँछ- उचित क्षतिपूर्ति र हत्यारालाई हदैसम्मको सजाय । यी दुवै कुरा समानान्तर तवरले अघि बढ्छन् र एकअर्कासँग साँटफेर हुँदैनन् भन्ने कुरामा परिवार स्पष्ट र सचेत छ ।
सामाजिक सञ्जालकर्ताहरुले भीआईपी परिवारको घटना भएको भन्दै शक्तिको दुरुपयोग गरेर मल्ल परिवारले पीडितलाई अन्यायमा पारेर केस उल्टाउन सक्ने आशंका गरेका छन् । यो सबैको लागि चासोको विषय पनि हो । प्रहरीले सत्यतथ्य अनुसन्धान गरेर पीडित परिवारलाई न्याय दिन्छ कि दिँदैन त्यो केहीदिनमै थाहा होला ।
कारमा को–को थिए अन्य तीनजना ?
कारमा सवार तीन जनामध्ये एकजना पृथ्वी मल्लको साथी करिश मास्के थिए । करिश र पृथ्वी बच्चादेखिको साथी हुन् । भागेका करिशलाई प्रहरीले तत्कालै समातेको थियो ।
कारमा रहेका अन्य २ जना युवती को थिए त ? उनीहरु कहाँ भागे ? प्रहरी किन उनीहरुको नाम बताउन चाहँदैन ? पटक–पटक प्रहरीलाई सोध्दा पनि प्रहरी किन उनीहरुको नाम भन्न आलटाल गरिरहन्छ ?
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख हुन् डीएसपी उमेश लम्साल । पृथ्वीविरुद्ध महाराजगञ्ज वृत्तबाट नै मुद्दा चलेको छ । महाराजगञ्ज वृत्तले नै पृथ्वीविरुद्ध अनुसन्धान गरिरहेको छ । अनुसन्धान गर्ने क्रममा प्रहरीले पृथ्वीलाई कारमा रहेका युवतीहरु को–को थिए भनेर सोध्न मिल्दैन ?
सबैको चासोको विषय रहेको कुरामा प्रहरी यस्ता घटना लुकाउँछ ? किन तत्पर हुन्छ ? भीआईपी परिवारको घटना हो भन्दैमा प्रहरीले यस्ता कुराहरु लुकाउनु कतिसम्म न्यायोचित छ ?
यस विषयमा लम्साललाई सोध्दा ‘दुर्घटना गराउने चालक मल्ल प्रहरी नियन्त्रणमा छन् । कारमा अन्य व्यक्ति को–को थिए भनेर चासो गर्न आवश्यक छैन । उनीहरुले कार चलाएको होइन ।’ भन्दै पञ्छिन खोजे ।
सामाजिक सञ्जालमा युवतीको चर्चा
सामाजिक सञ्जालमा पृथ्वीसहितको एउटा फोटो भाइरल भइरहेको छ । जुन फोटोमा नेपाली चलचित्र क्षेत्रकी नायिका परमिता राणा राज्यलक्ष्मी र पृथ्वीलाई देख्न सकिन्छ ।
स्रोतका अनुसार उक्त फोटोमा देखिएका चारैजना शनिबार शिवपुरीबाट फर्किदै थिए । पृथ्वी मल्ल, करिश मास्के, परमिता राणा राज्यलक्ष्मी र एलिना थापा हुन् ।
कारभित्र रक्सीको बोतल र गाँजा
प्रहरीका अनुसार कारभित्र रक्सीका बोतल समेत भेटिएको थियो । तर, कारभित्र गाँजा नभेटिएको प्रहरी बताउँछ । यद्यपी, बुढानिलकण्ठ दुर्घटनाबारे महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले पनि राम्रोसँग प्रतिक्रिया दिएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!