२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

जाडोको कारणले राउटे बालबालिका बिरामी पर्न थाले पछी

Logo
प्रकाशित आइतबार, पुष १३, २०७६

महेन्द्र सिंह
सुर्खेत पुस १३ जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ । अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो ।
जकेट, कम्बल, हाइनेक, चामल, पीठो, घिउलगायतका सामग्री वितरण गरिएको राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिनुभयो । ती समुदायका मागअनुसार न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरिएको उहाँले बताउनुभयो । ‘राउटे अगुवाले चिसोले सतायो’ भनेर खबर पठाएपछि विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोग जुटाइएको बताइएको छ ।
राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताउनुभयो । “चिसो ह्वात्तै बढेपछि बालबालिकालाई समस्या भएको छ, हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ”, उहाँले भन्नुभयो, “कपडा पाएपछि अलि राहत मिलेको छ ।”
प्रतिष्ठानका अध्यक्ष खड्काले लोपोन्मुख समुदायको जीवन रक्षामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ती समुदाय हाल दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएको छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!