२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

दाङ बुद्धिचाल संघको अध्यक्षमा पुनः दिनेश थापा निर्वाचित

Logo
प्रकाशित सोमबार, पुष १४, २०७६

सागर थापा
दाङ पुस १४ नेपाल बुद्धिचाल संघ दाङको तेस्रो अधिवेशनबाट पुनः दिनेश थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
अधिवेशनले संघको उपाध्यक्षमा दिपु कुमार केसी, सचिवमा अनिल राज सेर्पाली, सहसचिवमा दिपक केसी, कोषाध्यक्षमा साहारा जिएम, सदस्यहरुमा लक्ष्मण शर्मा, खिमबहादुर बैजाली, घनश्याम पुन, हिमाल रसाइली, लेलिन बञ्जाडे र धनु परियार रहनु भएको छ ।
यसैगरी अधिवेशनले जिल्लाको दश वटै पालिकाको संयोजक चयन गरेको छ । जसमा गढवामा ललित कुमाल, राप्तीमा माधव भुसाल, राजपपुरमा गोपाल पुन, लमहीमा लेलिन बञ्जाडे, बंगलाचुलीमा खिमबहादुर बैजाली, घोराहीमा हिमाल रसाइली, तुलसीपुरमा घनश्याम पुन, दंगिसरणमा राजन ओली, शान्तिनगरमा चुर्ण वली, बबईमा प्रेम केसी रहनु भएको छ ।
यसैगरी नयाँ कार्यसमितिको सोमबार सम्पन्न वैठकले सरोज पन्थ, मधुसुदन अधिकारी, माधव बिसी, ठाकुर प्रसाद डाँगी, सविन प्रियासन, नवराज श्रेष्ठ र कुशल बुढालाई सल्लाहकारमा चयन गरेको छ । यसैगरी सरोज पन्थ, दिनेश थापा र सागर जिएमलाई भेलाले प्रदेश नम्वर ५ मा सहभागि हुनका लागि प्रतिनिधिकारुपमा चयन गरेको छ ।
संघका जिल्ला अध्यक्ष दिनेश थापाको अध्यक्षत्ता, केन्द्रिय महासचिव हिराकाजी महर्जनको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रयासनको विशिष्ठ आतिथ्यतामा कार्यक्रमको उद्घान शत्र सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!