२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके ट्राफिकले दुर्घटना न्यूनीकरणका लागि स्कुलहरुमा सचेतना कार्यक्रम गर्दै

Logo
प्रकाशित सोमबार, पुष १४, २०७६

(महेन्द्र सिंह) नेपालगन्ज पुस १४ जिल्ला ट्राफिक प्रहरी बाँकेले सोमबार नेपालगन्जका विभिन्न स्थानहरुमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरेको छ।
सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीको हरदिन प्रशिक्षण कार्यक्रम अन्तर्गत सोमबार नेपालगन्जको वडा नम्बर १० स्थित भृकुटीनगरमा रहेको प्रभात मेमोरियल स्कुलमा बिद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी क्लास दिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बम लगायत नेपालगन्ज ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक ओम पौडेलले प्रभाव स्कुलमा विद्यार्थीहरुलाई ट्राफिक नियम,जरिवाना एबम जेब्रा क्रसीङ कसरी गर्ने बारेमा जानकारी दिएका थिए। प्रभाव स्कुलमा भएको सचेतना कार्यक्रममा स्कुलका प्रीन्सिपल बिक्रम राज बिष्ट अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो भने ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।
त्यस्तै ट्राफिक प्रहरीले सोमबार नै जानकी गाउँपालिका वडा नम्बर २ जोगागाउँ स्थित श्री माध्यामिक बिधालय र वडा नम्बर २ बोगटीया स्थित भृकुटी प्राथमिक बिधालयमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरेको बाँके ट्राफिक प्रमुख बमले बताए। यस्तै ट्राफिक प्रहरीले नेपालगन्जको धम्बोझी चोकमा पैदल यात्रुहरुलाई जेब्रा क्रसीङबाट बाटो कसरी पार गर्ने बारेमा समेत जानकारी गराएको बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!