३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

ट्राफिक महाशाखा एसएसपी ढकाल यात्रु बनेर सार्वजनिक बसहरुमा छ्डके

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

सागर थापा (क्राईमबिट) काठमाडौं पुस १७ बिहीबार दिउँसो सिमसिमे पानी पर्दै थियो काठमाडौंमा । करिब २ बजे पानी परिरहेकै बेला सादा पोशाकमा सवारी अनुगमन गर्ने भन्दै महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकाल पुतलीसडकको न्यु प्लाजा पुगे ।
एकैछिनमा आइपुग्यो नेपाल यातायात । एसएसपी ढकाल नेपाल यातायत चढे ।
सहचालक भन्दै थिए, ‘‘पछाडि पछाडि सर्नु न !’’
एसएसपी ढकाल पछाडिको सिटमा पुगे । नेपाल यातायातबाट ढकाल पुगे नयाँ वानेश्वर ।
त्यहाँ ओर्लिएपछि उनी बा २ ज ३८७६ नम्बरको ट्याक्सी छेउमा पुगे । एसएसपी ढकालले भने, ‘‘कोटेश्वर जाम न । कति पैसा हो ?’’ ढकाल ट्याक्सीमा चढ्दा उनले मिटर अन गरिसकेका थिए । मिटर नै अन गरेपछि ढकालले चालकलाई धन्यवाद दिए ।
नयाँ वानेश्वर चोकमा ड्युटीमै थिए ट्राफिक प्रहरी । उनीहरुले ढकाललाई चिनेनन् । एसएसपी ढकाल पैदल हिँडेर पुगे सिभिल अस्पताल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]