२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

ट्राफिक महाशाखा एसएसपी ढकाल यात्रु बनेर सार्वजनिक बसहरुमा छ्डके

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

सागर थापा (क्राईमबिट) काठमाडौं पुस १७ बिहीबार दिउँसो सिमसिमे पानी पर्दै थियो काठमाडौंमा । करिब २ बजे पानी परिरहेकै बेला सादा पोशाकमा सवारी अनुगमन गर्ने भन्दै महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकाल पुतलीसडकको न्यु प्लाजा पुगे ।
एकैछिनमा आइपुग्यो नेपाल यातायात । एसएसपी ढकाल नेपाल यातायत चढे ।
सहचालक भन्दै थिए, ‘‘पछाडि पछाडि सर्नु न !’’
एसएसपी ढकाल पछाडिको सिटमा पुगे । नेपाल यातायातबाट ढकाल पुगे नयाँ वानेश्वर ।
त्यहाँ ओर्लिएपछि उनी बा २ ज ३८७६ नम्बरको ट्याक्सी छेउमा पुगे । एसएसपी ढकालले भने, ‘‘कोटेश्वर जाम न । कति पैसा हो ?’’ ढकाल ट्याक्सीमा चढ्दा उनले मिटर अन गरिसकेका थिए । मिटर नै अन गरेपछि ढकालले चालकलाई धन्यवाद दिए ।
नयाँ वानेश्वर चोकमा ड्युटीमै थिए ट्राफिक प्रहरी । उनीहरुले ढकाललाई चिनेनन् । एसएसपी ढकाल पैदल हिँडेर पुगे सिभिल अस्पताल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

बाँके । राप्तीसोनारी गाउँपालिका-२, मुगुखा खोला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिप्पर ठोक्किँदा टिप्परमा सवार राप्तीसोनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको छ। टिप्परमा सवार कोहलपुर-१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहको छ । खत्रीको […]

  काठमाडौं । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले न्यायालयलाई कसरी विश्वास गरौँ भन्दै प्रश्न गरेकी हुन्। ‘सम्माननीय प्रधान न्यायाधीश ज्यू, अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाऊँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले […]

error: Content is protected !!