२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

हेटौंडामा २१ किलो गाजा भारती कारसहित एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

सागर थापा (क्राईमबिट) हेटौंडा पुस २१ राती १ बजे तिर पूर्व पश्चिम लोकमार्गको सडक खण्ड अन्तर्गत जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानी अगाडी पुर्व पश्चिम लोकमार्गमा विशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहत ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्र.ना.नि. राजेश कुमार यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले मनहरीतर्फबाट हेटौडा तर्फ जाँदै गरेको BR06BG 9512 को भारतीय नम्बरको कारलाई रोकी कारमा सवार मानिसहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कारको पछाडीको सिटमुनी डिकिमा लुकाई छिपाई ल्याएको ५ वटा पोकाहरूमा २१ किलो लागू औषध गाँजा फेलापरेकोमा कार चालक जिल्ला धनुषा मुख्यापट्टी गा.पा. वडा नं. ६ बस्ने वर्ष ४२ को असोक कुमार यादव र उक्त कारमा सवार जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ९ बस्ने बर्ष ४० को राज कुमार मोक्तानलाई गाँजा र कार सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको डिएसपी यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]