२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

राजबिराजमा बाँसको झ्याङमा लागूऔषध सहित भेटियो पेस्तोल

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

राजविराज पुस २० सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ गोविन्दपुरबाट लागूऔषधसहित कटुवा पेस्तोल बरामद भएको छ। सशस्त्र प्रहरी बल बेस क्याम्प गोविन्दपुरका सशस्त्र प्रहरीको गस्ती टोलीले लागूऔषध र कटुवा पेस्तोल बरामद गरेको हो।
गस्ती गर्दै जाँदा बाँसघारीमा प्लाष्टिकको झोलामा डाईलेक्स डि.सि १०० मिलिलिटरको १५ वटा बोतल र एक थान कटुवा पेस्तोलसहित दुई राउण्ड गोली फेला परेको सशस्त्र प्रहरी निरीक्षक नविन बुढाथोकीले बताए। बेवारिसे अवस्थामा फेला परेको हतियार र लागूऔषध सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक उद्धव न्यौपानेले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।