२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

राजबिराजमा बाँसको झ्याङमा लागूऔषध सहित भेटियो पेस्तोल

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

राजविराज पुस २० सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ गोविन्दपुरबाट लागूऔषधसहित कटुवा पेस्तोल बरामद भएको छ। सशस्त्र प्रहरी बल बेस क्याम्प गोविन्दपुरका सशस्त्र प्रहरीको गस्ती टोलीले लागूऔषध र कटुवा पेस्तोल बरामद गरेको हो।
गस्ती गर्दै जाँदा बाँसघारीमा प्लाष्टिकको झोलामा डाईलेक्स डि.सि १०० मिलिलिटरको १५ वटा बोतल र एक थान कटुवा पेस्तोलसहित दुई राउण्ड गोली फेला परेको सशस्त्र प्रहरी निरीक्षक नविन बुढाथोकीले बताए। बेवारिसे अवस्थामा फेला परेको हतियार र लागूऔषध सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक उद्धव न्यौपानेले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!