१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

मकवानपुरबाट ६ जुवाडेहरु प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

हेटौंडा पुस २१ जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ जना जुवाडेलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा मकवानपुरगढी गाउँपालिका १ लेनडाँडाबाट ६ जना जुवाडेलाई पक्राउ गरेको हो। उनीहरूले लेनडाँडास्थित एक घरमा पैसाको हारजित हुने गरी बाजी राखी कौडा खेलिरहेको अवस्थामा कौडा र नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेको जुवाडेमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]