३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

अपराधमुक्त समाज निर्माणका लागि प्रहरीलाई जनताको सहयोग चाहिन्छ: डिआइजी शाह

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

सागर थापा/विबेक बिश्वकर्मा) भैरहवा पुस २२ पाँच नम्बर प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआइजी) सुरेश विक्रम शाहले नागरिकले प्रहरी संगठनलाई सहयोग गर्न आवश्यक रहेको बताएका छन् ।मंगलबार रुपन्देहीको इलाका प्रहरी कार्यालय मर्चवारको नवनिर्मित भवन र ब्यारेकको उद्घाटन गर्दै उनले भने, ‘यो संगठन तपाईहरुको हो, यसलाई मलजल गर्नुस्, हामी लाग्छौं र तपाईंहरुको सेवामा लागिरहन्छौँ।’
उनले नागरिकको सहयोगविना प्रहरीले मात्र केही गर्न नसक्ने बताउँदै अपराधमुक्त समाज निर्माणका लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।’गलत क्रियाकलाप गर्ने समूह÷व्यक्तिको सूचना दिएमा हामीले समाजलाई शान्त राख्न सक्छौँ, उनले भने, ‘जबसम्म तपाईहरुको सहयोग पाउँदैनौं तबसम्म अपराध अनुसन्धानमा सफल भइदैन।’ उनले नागरिकलाई पीडा दिने क्रियाकलाप भएमा आफूहरु नागरिकको प्रहरी हुन नसक्ने भन्दै आचरण, व्यवहारमा थप सुधार ल्याउन आफू मातहतका कर्मचारीलाई निर्देशन दिए। नयाँ भवनजस्तै प्रहरीको सेवा उत्कृष्ठ हुने बताउँदै सत्य सेवा सुरक्षणम् मूलमन्त्र अंगालेर काम गर्ने उनले निर्देशन दिए ।कुल २३ कठ्ठा क्षेत्रफलमा रहेको इप्रका मर्चवारको नयाँ भवन १ करोड ५५ लाख ८३ हजार रुपैयाँको लागतमा निर्माण भएको रुपन्देहीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए।उनले आधुनिक डिजाइनमा निर्माण भएको भवनले नागरिकको सेवा प्रवाहमा सहजता ल्याउनेमा विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!